झण्डै २ घण्टा बसेर बालकोटबाट बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै दुई घण्टा लामो वार्ता भएको छ । ओली निवास बालकोटमा राति ८ बजेर ५० मिनेटमा बालकोट पुगेका देउवा राति सवा १० बजे बालुवाटार फर्किएका हुन् । योबीचमा देउवा र ओलीबीच दुई चरणमा छलफल भयो । पहिलो चरणमा छलफल सकेर बालुवाटार फर्किन लागेका देउवाले फेरि फर्किएर ओलीसँग छलफल गरेका थिए । छलफल एमसीसीको विषयमा केन्द्रीत रहेको बताइएपछि देउवा र ओलीको तर्फबाट कसैले पनि प्रतिक्रिया दिन मानेका छैनन् । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओलीको सहयोग...

सम्बन्धित सामग्री

सिंहदरबारमा आधा घण्टा बसेर बाहिरिए प्रधानमन्त्री देउवा

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पदभार सम्हालेका छन् ।  राष्ट्रपति कार्यालय शितलनिवासमा राति साढे ८ बजे शपथ लिएका देउवा राति ९ बजे सिंहदरबार पुगेका थिए । सिंहदरबारमा आधा घण्टा बसेर देउवा बाहिरिएका छन् । सिंहदरबारबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिएनन् ।