काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विष्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विष्फोटमा अन्य १५ जना घाइते भएका छन् ।
अफगानिस्तानको हेल्मन्ड प्रान्तको राजधानी सहर लास्करघामा सो विष्फोट गराइएको थियो । बम विष्फोट कसले गराएको भन्नेबारेमा केही जानकारी आएको छैन । हालसम्म यस विष्फोटको कुनै समूहले जिम्मा पनि लिएको छैन ।
तर पनि प्रहरीले सो विष्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विष्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ ।
यस विष्फोटमा परेर अरू केही नागरिक घाइते भएका छन् । उनीहरूलाई आकस्मिक रूपमा अस्पताल लगिएको छ । (रासस÷सिन्ह्वा)