पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानमा बम विस्फोट हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् । एआरवाई न्युजका अनुसार मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । […]

सम्बन्धित सामग्री

चुनावमा ओझेल श्रमिकका सवाल

सन् १८८६ मा अमेरिकाको सिकागो सहरको हेमार्केटमा श्रमिकहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासाथ सुरु गरेको र्‍यालीमा प्रहरीहरूलाई लक्षित गरी बम विस्फोट भयो । विस्फोट गराउनेको परिचय नखुलेपछि आन्दोलन गरिरहेकाहरूमाथि गोली चलाउँदा सात मजदुरको मृत्यु भयो । त्यसपछि श्रमिक आन्दोलनले सफलता पाएको इतिहास छ । त्यसैको सम्झनामा हरेक मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आइएको छ ।