गण्डकी प्रदेश सरकारले गोरखाका ११ स्थानीय तहका लागि २५ करोड भन्दा बढि अनुदान रकम छुट्टाएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७-०७८ को बजेटमा गोरखाका ११ स्थानीय तहका लागि २५ करोड ६८ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको हो ।
प्रदेश सरकारले स्थानीय तहलाई समानिकरण, सशर्त, समपुरक र विशेष अनुदानका रुपमा बजेट छुट्टाएको हो । जसअनुसार गोरखा नगरपालिकालाई समानिकरण अनदानका रुपमा १ करोड २८ लाख ४३ हजार रुपैयाँ विनियोजन भएको छ । सशर्त अनुदान अन्तरगत १० किलो शिखर डाँडा लुदिखोला सडकमार्गका र विन्धबासिनी डेरागाउँ सडक निर्माणका लागि ३०-३० लाख रुपैयाँ विनियोजन गरिएको हो ।
प्रदेश सरकारले समपुरक अनुदान अन्तरगत पाटेचौर रानीवन पन्थेश्वारा पिपलथोक भिमसेनपार्क गोरखा दरबार सडकका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।