प्रदेश २ को कार्यतालिका– उम्मेदवारी दर्ता भदौ २१ मा

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ । असोज २ गते गरिने निर्वाचनका लागि आयोगले भदौ २१ देखिको निर्वाचन कार्यक्रम ल्याएको हो । आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते निर्वाचन चिह्न प्रदानको कार्यतालिका तय भएको छ । प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् ।

सम्बन्धित सामग्री

प्रदेश २ : राष्ट्रियसभाका २ सदस्यमा सत्तारुढ गठबन्धनबाट २ जना उम्मेदवार

काठमाडौं : प्रदेश २ बाट राष्ट्रियसभाका २ सदस्यका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र जसपा (जनता समाजवादी पार्टी) का तर्फबाट मोहम्मद खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराएका छन्।जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।राष्ट्रियसभामा सत्तारुढ पाँचदलीय गठबन्धन मिलेर उम्मेदवारी दिएपछि प्रदेश २ मा एक सिटमा जसपा र एक सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिएका हुन्।जसपाका नेताहरू पार्टी कार्यालय

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ मा ६ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा ६ जनाले गराए उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् । लोसपा नेपालबाट यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन्  भने सरदारलाई अभिराम शर्माले प

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता

जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा अहिले सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। लोसपाबाट महोत्तरीकी रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन्।…

प्रदेश २ मा जसपाले टुंग्यायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार

जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंग्याएको छ ।  खुला समूहबाट मो. खालिद सिद्दिकी (सिरहा) लाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेता तथा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत मंगलवार उम्मेदवारी दर्ता हुँदैछ ।

विवादबीच कांग्रेस प्रदेश २ अधिवेशनको मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु भएको मतदान राति ८ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य अरुण यादवले एक हजार ८ सय ८१ जनाले मतदान गरेको जानकारी दिए।प्रदेश २ मा १ हजार ९ सय ५१ प्रतिनिधि थिए। प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।पार्टीको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा पनि विवादका कारण प्रदेश २ को अध

कांग्रेस प्रदेश -२ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने  कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी  दिए। प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र  विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। &nb

काँग्रेस प्रदेश २ अधिवेशन : दुई प्यानलमा को-कोबीच हुँदैछ भिडन्त ?

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् । कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् ।यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादव

कांग्रेस प्रदेश २ सभापतिका लागि देउवा समूह र निधि समूहबाट उम्मेदवारी

धनुषा – नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी परेको छ । रामसरोज यादव प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ भने कृष्ण यादव पार्टीको रौतहट जिल्ला सभापति हुनुहुन्छ । कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा निकट र रामसरोज नेता विमलेन्द्र निधि निकट हुनुहुन्छ । यसअघि अधिवेशनको मङ्सिर १६ गते नै उद्घाटन भए पनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो । देउवा पक्षबाट उम्मेदवारी दर्ता गराउनुभएका कृष्णा यादवले कांग्...

काँग्रेस महाधिवेशन : प्रदेश २ बाट सभापतिसहित ४० जनाभन्दा बढी उम्मेदवार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानैदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता गराइसकेका नेताहरु प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । प्रदेश २ बाट केन्द्रीय सभापतिसहित विभिन्न पदमा हालसम्म ४० भन्दा बढी आकांक्षी देखिएका छन् । त्यसमध्ये कतिपयले प्रचार सुरु गरिसकेका छन् भने कतिपयको प्यानल कन्फर्म नभएका कारण नाम बाहिर ल्याइएको छैन ।विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले प्रचार प्रसार पनि तीव्र तुल्याएका छ