राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् । लोसपा नेपालबाट यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन् भने सरदारलाई अभिराम शर्माले प