काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीको आईपीओ भोलि शुक्रवार बाँडफाँट हुँदै छ । बाँडफाँट शुक्रवार बिहान ९ः३० बजे गर्ने तयारी भएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा ३७ दशमलव १२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । आईपीओमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ४१ हजार ५०० जनाले मात्र शेयर पाउनेछन् ।
बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ विक्री खुला गरेको थियो । यसमा विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको संकेत गर्छ ।
कम्पनीले ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।
काठमाडौं, ५ असार (कास): बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीले २० देखि २५ जेठसम्म निष्कासन तथा बिक्री गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँट भएको हो । कम्पनीले योग्य आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गरेको छ ।कम्पनीले बिक्री खुलाएको पाँच दिनसम्म उक्त आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो […]
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई बिक्रि खुला गरेको साधारण सेयरमा आज पाँचौं दिनसम्म उल्लेख्य आबेदन परेको छ। पाँचौं दिनसम्म बिन्धवासिनी हाइड्रोको आइपीओमा १५ लाख ६९ हजार ५१८ जना आबेदकबाट १ अर्ब ८८ करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरको आबेदन परेको छ। १३ करोड ६५ लाख रुपैयाँ बराबरको १३ लाख ६५ हजार कित्ता आइपीओ बिक्रि खुला गरिएको हो। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज जेठ २४ गते बेलुका ६ बजेर ३० मिनेट जाँदासम्म १५ लाख ६९ हजार ५१८ जना आवेदकले आबेदन दिएका हुन्। बिन्ध्यबासिनी हाइड्रोपावरले आज जेठ २० गतेदेखि सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ । आईपिओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।