सुपरमाई हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुँदै, कतिजनाले पाउँछन् शेयर ?

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीको आईपीओ भोलि शुक्रवार बाँडफाँट हुँदै छ । बाँडफाँट शुक्रवार बिहान ९ः३० बजे गर्ने तयारी भएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओमा मागभन्दा ३७ दशमलव १२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । आईपीओमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ४१ हजार ५०० जनाले मात्र शेयर पाउनेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ विक्री खुला गरेको थियो । यसमा विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा  नेपालले ‘इक्र एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको संकेत गर्छ । कम्पनीले ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

सम्बन्धित सामग्री

घोराही सिमेन्टको आईपीओ असारको पहिलो हप्ता बिक्री खुला गर्ने तयारी

घोराही सिमेन्ट उद्योगले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असारको पहिलो हप्तामै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

गरिमा विकास बैंकद्वारा आईपीओ अकाउन्ट सञ्चालनमा

गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केटसम्म पहुँच पु-याउने उद्देश्यले ‘फरिगन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’को सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था छ । सोही अनुसार वैदेशिक रोजगारीमा रहेकालाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि विकास बैंकले यो खाता संचालनमा ल्याएको हो । वैदेशिक रोजगारमा रहने

इष्टर्न हाईड्रोपावरको आईपीओ खुला

इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो ।

यसरी हेर्नुस् बलेफी हाइड्रोपावरको आईपीओ रिजल्ट

बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो ।

भर्ने होइन त ग्रीन भेन्चरको आईपीओ ?

ग्रीन भेन्चर कम्पनीले ३१ लाख कित्ता आईपीओ (प्राथमिक शेयर) निष्कासन गरेको छ ।

रावा इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । […]

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट मंगलबार

१४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले ७ करोड ३० लाख […]

सामलिङ पावरको आईपीओ आजदेखि

सामलिङ्ग पावर कम्पनीले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।यसअघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख […]

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको आईपीओ सोमबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।  लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदन परेको थियो । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।  गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ति मध्ये ३ जना आवेदकले ११...

जीवन विकास लघुवित्तको आईपीओ बिक्रि खुल्ला

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) शुक्रबारदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको […]