बिन्ध्यबासिनी हाइड्रोको आइपीओमा झन्डै २ अर्ब संकलन, कतिले दिए आबेदन ?

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई बिक्रि खुला गरेको साधारण सेयरमा आज पाँचौं दिनसम्म उल्लेख्य आबेदन परेको छ। पाँचौं दिनसम्म बिन्धवासिनी हाइड्रोको आइपीओमा १५ लाख ६९ हजार ५१८ जना आबेदकबाट १ अर्ब ८८ करोड ९९ लाख ३८  हजार रुपैयाँ बराबरको आबेदन परेको छ। १३ करोड ६५ लाख रुपैयाँ बराबरको १३ लाख ६५ हजार कित्ता आइपीओ बिक्रि खुला गरिएको हो।    सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज जेठ २४ गते बेलुका ६ बजेर ३० मिनेट जाँदासम्म १५ लाख ६९ हजार ५१८ जना आवेदकले आबेदन दिएका हुन्।  बिन्ध्यबासिनी हाइड्रोपावरले आज जेठ २० गतेदेखि सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ ।  आईपिओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले यस अघि  पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।