गुल्मी : गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ।हालसम्म मातृत्व र पितृत्व नखुलेका रेसुङ्गा नगरपालिका– ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ। वडाको सिफारिस र स्थानीयको आग्रहको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।लामो समयदेखि चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस