सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण तयार पार्ने गरी आवश्यक नीति एवं ऐन संशोधन गर्ने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । मन्त्रिपरिषद्मा यसबारे चर्चा गरिएको र छिट्टै एउटा निर्णयमा पुगिने उनको भनाइ छ । मुलुकको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सधैं चिन्ता व्यक्त गर्दै आएको र यसमा सरकार गम्भीर रहेको उनले जनाए ।