अहिलेको मुख्य प्राथमिकता खोपः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपालको मुख्य प्राथमिकता खोप भएको बताएका छन्। उनले कोभिड–१९ को महामारीका कारण समस्या परेको नेपालको अर्थतन्त्र उकास्न खोप आवश्यक रहेको बताएका हुन्। नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक उत्सवमा बोल्दै उनले भने,‘नयाँ नयाँ भेरियन्ट आइरहेको छ। यस्तो अवस्थामा यसलाई नियन्त्रण गरेर हामी अगाडी बढ्नुपर्छ।’ उनले महामारी नियन्त्रणका लागि सरकार र निजी क्षेत्र एकजुट हुनुपर्ने बताए।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका ठूला आयोजना प्राथमिकतामा: प्रधानमन्त्री देउवा

सरकारले सुदूरपश्चिमका ठूला आयोजनालाई प्राथमिकता दिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।...

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएकाे बताए । उनले […] The post सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ,१० असार । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन्। उनले समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताएका छन् । प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त […]

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहाँले समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त सीपसहित, प्रविधिमैत्री, …

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहाँले समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त सीपसहित, प्रविधिमैत्री, […]

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।  नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपाल चेम्बर एक्स्पो–२०२२ को यहाँ बिहीवार उद्घाटन गर्दै उहाँले  नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जानुसमेत सरकारको प्राथमिकताको विषय रहेको बताउनुभयो ।  प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थ...

सरकारको प्राथमिकता सबैलाई कोभिड खोप : प्रधानमन्त्री देउवा

उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन्।

सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’ विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो […]

कोरोनाबाट नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उहाँले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो,  ‘कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।’ राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ ।’  मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गर्नुभयो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहनुभएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ । रासस

जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले  जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।