प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा आज यहाँ सम्बोधन …