प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर तथा ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुक्रबार ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र सरकारको सहयात्रीका रूपमा रहनुपर्ने बताउनुभएको हो । उहाँले मुलुक निर्माणका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताउँदै उत्पादनमा जाँगर र उपभोगमा विश्वासप्रेरित कार्यबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा हुनसक्ने बताउनुभयो ।