युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काँग्रेस ललितपुरका नेता नवराज महतसमेत रहेका छन् । उनी ललितपुर क्षेत्र नम्बर ३(१) बाट प्रदेशसभाका उम्मेदवार थिए । बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि