नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता “हाम्रो पात्रो रेमिट” सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ। यो एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत रु. १ अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको छ। मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटकी सिइओ सुदिना गौतमको बताइन्।