काठमाडौँ – ललिता निवास जग्गा मुद्दामा प्रतिवादी बनाइएका दुईजनाको बयान सकिएको छ। सिआइवीको सिफारिसका आधारमा आइतबार कीर्ते मुद्दा लगाएका २८९ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान लिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। सरकारी वकिल र प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। पक्राउ परेकाहरुको सोमबार न्यायाधीश भोलानाथ ढकालको इजलासमा […]