मर्जर प्रस्ताव पारितका लागि बिपिडब्लु लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको सञ्चालक समितिको बैठकले होटल ले बगैंचाको सभा हल, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्तावसमेत पारित गर्नेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । यी दुई कम्पनीहरूलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले पनि यी कम्पनीलाई मर्जरमा जान पूर्वस्वीकृति दिइसकेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ देखि असार २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

बिपिडब्लु लघुवित्तले पुस २९ गते पाँचौं वार्षिक साधारण सभा गर्ने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको जावलाखेलस्थित होटल ले बगैचाको सभाहलमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

मर्जर प्रस्ताव पारितका लागि बिपिडब्लु लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुर जाउलाखेलस्थित होटल ले बगैंचाको सभाहलमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित गर्दै मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । यस्तै, सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि १ बराबर शून्य दशमलव ८५३५ को शेयर स्वाप रेसियोबारे सहमति भएको छ । विशेष साधारण सभामार्फत शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरिनेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सामुदायिक लघुवित्तले पनि बिपिडब्लु लघुवित्तसँग मर्जर प्रस्ताव पारितका लागि असोज ३० गते नै विशेष साधारण सभा बोलाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्ताव पारितका लागि पेस गरिनेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने जिम्मेवारी सभाले दिनेछ । सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्ने बताइएको छ । बिपिडब्लु लघुवित्तसँग मर्जरका लागि १ बराबर शून्य दशमलव ८५३५ को शेयर स्वाप रेसियोबारे सहमति भएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले असार २२ गते नवौं वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेल-३, नयाँ गाउँमार्गस्थित धुलिखेल  लज रिसोर्ट उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।  सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीतर्फको ४ जना र सर्वसाधारण शेयरधनीतर्फको ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

२० ओटा लघुवित्त कम्पनी मर्जर तथा प्राप्ति प्रक्रियामा, कसको कोसँग ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउन नेपाल राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा प्रदान गरेपछि धमाधम गाभिन थालेका हुन् । विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउन मर्जरमा जोड दिइएको छ । मर्जरका माध्यमबाट वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्न थालेपछि हालसम्म १० ओटा वाणिज्य बैंकको मर्जर तथा प्राप्ति सम्पन्न भई पाँच ओटा कायम भएका छन् । यससँगै वाणिज्य बैंकको संख्या २१ मा झरेको छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नै निरन्तरता दिएको थियो । सोहीअनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको देखिन्छ । हालसम्म २० ओटा लघुवित्त कम्पनीले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । तीमध्ये केहीले एकीकृत कारोबार पनि थालिसकेका छन्, केही भने मर्जरका लागि नियामक निकायको स्वीकृति पर्खिंदै छन् । लघुवित्त मर्जरका लागि राष्ट्र बैंकबाट र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाउनुपर्छ ।  पछिल्लो पटक सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् ।  त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन सेबोनबाट पूर्वस्वीकृति लिइसकेका छन् । पुस २८ गते समान अनुपातमा मर्जरमा जान सहमति गरेका यी दुई कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् । डीडीए रिपोर्ट फरक आएमा सोहीबमोजिम मर्ज हुने समता लघुवित्तले जानकारी गराएको छ । समता घरेलु लघुवित्तले साधारण मर्जरसम्बन्धी प्रस्ताव सभाबाट पारित गरिसकेको छ भने स्वरोजगार लघुवित्तको बाँकी छ । अब स्वरोजगार लघुवित्तले साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै एकीकृत कारोबार शुरू हुनेछ ।  मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच गत पुस ११ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी कम्पनीहरूले पनि समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका हुन् । मर्जरसम्बन्धी अन्तिम सम्झौता एक हप्ताभित्र हुने मिर्मिरे लघुवित्तले जानकारी दिएको छ । दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले मङ्सिर १८ गते मर्जरसम्बन्धी सम्झौता गरेका हुन् । दुवै कम्पनीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले पुस १८ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुवै कम्पनीले विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । बाँकी प्रक्रिया पूरा गरेर नियामक निकायको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन असोज २६ गते सम्झौता गरेका थिए । राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति लिइसकेका दुवै लघुवित्त प्रारम्भिक सम्झौताअनुसार १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अब मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीले विशेष साधारण सभाले पारित गरेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिइएको छ ।  डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका छन् । दुवै कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । अन्तिम सम्झौता गरेका यी कम्पनीले एकीकृत कारोबारका लागि भने नियामक निकाय नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामकको स्वीकृति लिई एकीकृत कारोबारका लागि तयारी अघि बढाइएको जानकारीसमेत कम्पनीले दिएको छ ।  त्यस्तै सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जान पुस १ गते समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृतिपछि मर्जरपश्चात् विशेष साधारण सभाबाट पारित गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  त्यस्तै विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मङ्सिर २६ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न यी दुवै कम्पनीले चैत २८ गते साधारण सभा बोलाएका छन् । अब साधारण सभाबाट पारित भएपछि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायबाट स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  साना किसान विकास लघुवित्त संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै कम्पनीले एकआपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लघुवित्तको १ शेयर बराबर ०.८७ शेयर (शेयर अनुपात १ः०.८७) कायम हुने गरी फागुन १८ गते दुवै संस्थाका सञ्चालक समितिहरूले हस्ताक्षर गरेका हुन् । मर्जरसम्बन्धी प्रस्ताव साधारण सभाबाट दुवै कम्पनीले पारित गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान चैत २ गते समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले २०७७ असोज ५ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बिपिडब्लु लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं, १२ पुस । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले निर्णय अनुसार सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा गर्ने भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, […]