पुस ११, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।
कम्पनीले सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी यस लघुवित्त वित्तीय संस्था अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।