कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।
मच्छेगाउँको बाघभैरव सामुदायिक वनदेखि चम्पादेवी डाँडासम्मको ‘सालक पदमार्ग’ मा फालिएका नकुहिने फोहोरहरू संकलन गरिएको थियो । झण्डै दुई किलोमिटर वरपरको क्षेत्रमा फालिएको फोहोर संकलन गरिएको आयोजक संस्थाका दिव्यराज दाहालले जानकारी दिए ।
‘प्रकृति र प्राणीको अन्योन्याश्रित सम्बन्धलाई मानवीय हेलचेक्र्याइँले व्यवधान गरेको छ,’ उनले भने, ‘यो क्षेत्र सालक तथा अन्य धेरै प्राणीको वासस्थान भएकाले तीनको वासस्थानमा फोहोर ग...