जिउँदो सालक बिक्रीका लागि राखिएको सूचनापछि महागनरीय अपराध महाशाखाको बिशेष टोली बालाजुस्थित माछा पोखरी पुग्यो। सम्पर्कमा रहेका व्यापारी पहिचान गरे। भेटका क्रममा जब उनले सालकको मूल्य ‘एक कारोड दश लाख...
काठमाडौंको मरुछासपाखामा प्रतिबन्धित दुर्लभ जिउँदो सालकसहित १ जना पक्राउ परेका छन् ।
अवैध रूपमा बिक्रीवितरण गर्नका लागी लुकाइछिपाई सालक ल्याइराखेको सूचनाका काठमाडौं महानगरपालिका–३२ मरुछासपाखास्थित डेराकोठाबाट दोलखाको कालिञ्चोकका २६ वर्षीय उद्धव थामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
खैरो रंगको प्रतिबन्धित दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्रीवितरण गर्ने उद्देश्यसहित राखेको पाइएपछि पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ ।
...