बैतडी : बैतडीमा दर्ता नगरी चलाइएको मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित मेडिकलमा स्वास्थ्यकर्मीको रूपमै काम गर्दै आएकी श्यामाकुमारी शाहलाई पक्राउ गरिएको हो।मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बेच्ने काम गरिरहेकाले नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।उनले भने, ‘श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र उनले नै क्लिनिकमा बिरामी जा