सरकारले निःशुल्क रुपमा सर्वसाधारणलाई दिँदै आएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन (खोप) धनुषामा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहामा रहेको श्रीराम मेडिकलबाट बेच्नका लागि राखिएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन ६ थान फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सो मेडिकलबाट भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र एस्ट्राजेनेका १ थान गरी ६ थान कोरोना संक्रमण विरुद्धको भ्याक्सिन फेला परेको छ ।विशेष सूचनाका आधारमा नगरप