सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीले दिने निर्णय गरेको ६.०५ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकको शुक्रवार सम्पन्न ११ औंं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट ५.७५ प्रतिशतले बोनस शेयर र बाँकी नगद लाभांश दिने निर्णय पारित गरेको हो ।
यो निर्णयसँगै सेञ्चुरी बैंकको गत असार मसान्तमा कायम ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रूपैयाँमा ५.७५ प्रतिशत रकम बोनस शेयर दिने भएको छ ।
यस्तो रकमबाट ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रूपैयाँ बराबरको बोनस शेयर वितरण हुने भएक...