नबिल बैंकको शुक्रवार सम्पन्न ३७औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट दिने निर्णय भएको ३८ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकले ३३.६० बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश दिने भएको छ ।
गत आवमा बैंकले गरेको ४ अर्ब ५३ करोड नाफाबाट लाभांश दिने भएको हो ।
मुनाफा वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुगेको छ ।
बैंकको शुक्रवार नै सम्पन्न बैंक सञ्चालक समितिको ५८८औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ ।
पौडे...