धानमा रोग प्रकोप

बिर्तामोड– झापा, अर्जुनधाराका किसानले लगाएको धानखेतीमा गवारो रोगको प्रकोप बढेको छ । अर्जुनधारा वडा नम्बर ३ का १० जना किसानले लगाएको २० बिघा धानखेतीमा गवारो रोग देखिएको हो । गवारो कीरा प्रकोपले धान पहेंलो हुनुका साथै धानको गुभो मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । अर्जुनधारा वडा नम्बर ३ का सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ […]

सम्बन्धित सामग्री

धानमा 'पोके' रोग र 'फड्के' किराको प्रकोप

सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् ।

भित्र्याउने बेलामा धानमा ‘पोके’ र ‘फड्के’ को प्रकोप

पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

भित्र्याउने बेलामा धानमा ‘पोके’ र ‘फड्के’ को प्रकोप

पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको खेतमा पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

म्याग्दीको धानबालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीमा धान बालीमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ । बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, फापरखेत, सिंगा, डाँडाखेत तथा मालिका तथा मंगला गाउँपालिकाका अधिकांश क्षेत्रको धान बालीमा रोग लागेको हो । धान बालीमा हल्का खैरो रङका पुतली जस्तो कीरा लागेको र धानको पात सुक्दै गएको किसानहरुले बताएका छन् । धानमा कीराको […]

पर्याप्त वर्षा नहुँदा पाल्पाको धानबालीमा रोगको प्रकोप

पाल्पा । पाल्पाको धानबालीमा रोगको प्रकोप देखा परेको छ । जिल्लाको अन्नभण्डारको रूपमा रहेको माडिफाँट, रामपुर फाँट, तिनाउ कचल फाँट लगायतका स्थानको धान खेतीमा ब्लाष्ट र थोप्ले खैरो रोग देखिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । माडि फाँटमा सावा मन्सुली जातको धानमा बोट सुक्दै जाने समस्या देखिएको छ । धानबालीमा गबारोको समस्या देखा परेपछि […]

धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित

बिवेक भण्डारी नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन बढ्ने आशा गरेका किसान निरास बनेका छन् । धानमा बाला लाग्ने समयमा ब्याक्टेरियल, ढुसीजन्य रोग र गबारो जस्ता रोग देखिन थालेको छ । कृषि ज्ञान […]

धानबालीमा रोग र कीराको प्रकोप

चितवन । चितवनका किसानले वर्षामा लगाएको धानमा रोग र कीराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार धानबालीमा पातको फेद डडुवा (शिथ ब्लाइट) र गवारोको प्रकोप देखिएको हो । पूवी चितवनको खैरहनी नगरपालिका, राप्ती नगरपालिका र रत्ननगर नगरपालिकाका किसानले लगाएको अधिकांश धानबालीमा पातको फेद डडुवा र गवारोको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । रोग र कीराको प्रकोप देखिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय नगरपालिकाका कृषि शाखा प्रमुखहरूको टोलीले फिल्ड अनुगमन गरेको छ । अनुगमन गर्दा किसानले लगाएको अधिकांश धानबालीमा पातको फेदमा डडुवा र गवारोको प्रकोप देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ चितवनका कृषि अधिकृत एवं सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । ‘पूर्वी चितवनमा धान लगाइएको झन्डै २ महीना पुग्न लाग्यो,’ पौडेलले भने, ‘त्यहाँ अधिकांश क्षेत्रमा यो समस्या भएको पायौं ।’ अनुगमनपछि किसानलाई सही विषादी उपयुक्त परिमाणमा छर्न सुझाव दिइएको उनले बताए । मेशिनबाट लगाइएको धानबाली एउटै लाइनमा रहेको र हावा राम्रोसँग खेल्ने भएकाले हालसम्म रोग र कीराको प्रकोप नदेखिएको उनको भनाइ छ । गएको वर्ष पनि यी नै रोगका कारण धान उत्पादनमा करीब १५ प्रतिशतले कमी आएको उनले बताए । अरू पालिकाबाट पनि किसानहरूको गुनासो धेरै आएको छ । उनका अनुसार केही दिनभित्र दोस्रो चरणमा किसानको गुनासो पाएको पालिकाको स्थलगत अनुगमन गर्ने योजना रहेको छ । यता, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले गवाराको कारण धान उत्पादनमा ह्रास आउँछ भनेर अहिले नै भन्न नसकिने बताए । यो समय धानमा अन्य समस्या समेत देखिने भएकाले किसान सचेत रहनुपर्ने उनको भनाइ छ । किसानले भने धानबालीमा देखिएको विभिन्न प्रकोपका कारण धानमा ठूलै क्षति बेहोर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राप्ती नगरपालिकाका किसान अगुवा धर्मराज कँडेल हरेक वर्ष रोग र कीराको प्रकोप देखिने बताउँछन् । निषेधाज्ञाका कारण महँगोमा मलखाद किनेर रोपेको धान विभिन्न प्रकारको रोगका कारण डढ्न थालेपछि चिन्तित बनेका हुन् । समयमै वर्षा हुँदा धान रोपाइँ राम्रो भए पनि अहिले आएर किसानलाई विभिन्न प्रकारको रोगले चिन्तामा पारेको हो । यति बेला धान गाँज हाल्ने बेला भएकाले किसानहरू आत्तिइहाल्नु नपर्ने कृषि प्राविधिकहरूको भनाइ छ । तर, सचेत भने हुनुपर्नेछ । गवारो लागेपछि धानको बोट गुभामा कुहिने, रातो हुने गर्छ । चितवनमा बर्खे धान २३ हजार हेक्टर क्षेत्रफल र चैते धान ७ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ ।

धानमा खैरो थोप्ले रोगको प्रकोप

भदौ ९, सल्यान । सल्यानमा किसानहरुले लगाएको धानमा खैरो थोप्ले रोग देखापरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ९ बागचौरमा किसानहरुले करीब ३५० रोपनी क्षेत्रपÞmलमा लगाएको बर्खे धान मध्ये करीब १५० रोपनीमा ढुसीबाट उत्पन्न हुने धानको खैरो थोप्ले रोग देखा परेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । यहाँका करीब ४० घरधुरीले लगाएको धानमा प्रकोप देखिएको हो ।  स्थानीय किसानले धानमा रोग देखा परेको गुणासो गरेपछि कृषि विकास कार्यालयको टोलीले स्थलगत अवलोकन र रोगी बिरुवाको नमूना संकलन गरेको थियो ।  त्यसपश्चात ढुसीबाट उत्पन्न हुने धानमा खैरो थोप्ले रोगको प्रकोप भेटिएको कृषि बिकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । किसानहरुले धेरै वर्षदेखि बीउ परिवर्तन नगरेर एउटै बीउ रोप्दा उक्त रोगको समस्या देखिएको हुनसक्ने उनको भनाइ छ ।  ‘खास गरेर धानको पातमा खैरा लाम्चा थोप्लाहरू देखा पर्दछन्, पछि यी थोप्लाहरू एक आपसमा जोडिइ पूरै पात खैरो हुन्छ, रोगको प्रकोप बढी भएमा बोटहरु होचो हुने, गाँज कम लाग्ने, धानको बाहिरी भाग तथा भित्री गेडामा पनि खैरा काला थोप्लाहरु देखा पर्ने र उत्पादनमा ह्रास आउने हुन्छ’ उनले भने ‘सन्तुलित मात्रामा मलखादको प्रयोग नगर्नु, ढुसीका कणहरु धानमा प्रसारण भएको, ढुसी फैलानको लागि उपयुक्त वातावरण भएको कारण रोगको संक्रमण फैलिदैँ गएको हुनसक्छ ।’  स्वस्थ बीउको प्रयोग गर्ने, रोग कम लाग्ने जातहरुको बीउ प्रयोग गर्ने, नाइट्रोजन, फस्फोरस र पोटासयुक्त मल सिफारिश गरिएको मात्रामा प्रयोग गरेमा पनि खैरो थोप्ले रोगबाट बचाउन सकिने उनले बताए ।  ‘जिल्लामा अहिलेसम्म धानखेतीमा अरु कुनै रोगको प्रकोप बारेमा जानकारी आएको छैन’ उनले भने ‘धानको गोडमेल गर्न, पानीको आवश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले सजकता अपनाउन आग्रह गर्दछौँ ।’  सन् १९४३ मा पश्चिम बंगालमा धानको खैरे थोप्ले रोगका कारण करीब २० लाख नागरिकले भोकमरीको कारण ज्यान गुमाएका थिए । यस रोगले गर्नसक्ने क्षतीलाई कम गर्नको लागि किसानहरुलाई ढुसीनासक बिषादी सहयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।  यस्तै, स्थानीय किसानलाई स्थलगत रुपमा विषादी प्रयोग सम्बन्धि तालिम समेत प्रदान गरिएको छ । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।  स्थानीय किसान धन बहादुर कुँवरले पहिलो पटक यसक्षेत्रका किसानले लगाएको धानमा खैरो थोप्ले रोग देखा परेको बताए । ‘अहिले धानको पातमा खैरा थोप्लाहरु देखा परेका छन्, यसले धान उत्पादनमा ह्रास आउने सम्भावना छ, कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा विषादी प्रयोग गरेका छौँ’ उनले बताए । उनले किराको बेलैमा नियन्त्रण गर्न नसकिए थप क्षती पुर्‍याउने सम्भावना रहेको बताए ।

धानमा खैरो थोप्ले रोग

सल्यान : धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन्। शारदा नगरपालिका–९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोल्ले रोगको प्रकोप देखिएको हो।१५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धनबहादुर कुँवरले बताए। ४० घरधुरीले लगाएको करिब ३५० रोपनी मध्ये १५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उनको भनाइ छ।किसानले धानमा समस्या आएको जानकारी गराएपछि प्राविधिकसहितको टोलीले अनुगमन गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। धानको रोगसम्बन्धी गुनासो लिएर किसान कार्यालयमै आएपिछि रोगको पहिचान गरिए