धानमा खैरो थोप्ले रोगको प्रकोप

भदौ ९, सल्यान । सल्यानमा किसानहरुले लगाएको धानमा खैरो थोप्ले रोग देखापरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ९ बागचौरमा किसानहरुले करीब ३५० रोपनी क्षेत्रपÞmलमा लगाएको बर्खे धान मध्ये करीब १५० रोपनीमा ढुसीबाट उत्पन्न हुने धानको खैरो थोप्ले रोग देखा परेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । यहाँका करीब ४० घरधुरीले लगाएको धानमा प्रकोप देखिएको हो ।  स्थानीय किसानले धानमा रोग देखा परेको गुणासो गरेपछि कृषि विकास कार्यालयको टोलीले स्थलगत अवलोकन र रोगी बिरुवाको नमूना संकलन गरेको थियो ।  त्यसपश्चात ढुसीबाट उत्पन्न हुने धानमा खैरो थोप्ले रोगको प्रकोप भेटिएको कृषि बिकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । किसानहरुले धेरै वर्षदेखि बीउ परिवर्तन नगरेर एउटै बीउ रोप्दा उक्त रोगको समस्या देखिएको हुनसक्ने उनको भनाइ छ ।  ‘खास गरेर धानको पातमा खैरा लाम्चा थोप्लाहरू देखा पर्दछन्, पछि यी थोप्लाहरू एक आपसमा जोडिइ पूरै पात खैरो हुन्छ, रोगको प्रकोप बढी भएमा बोटहरु होचो हुने, गाँज कम लाग्ने, धानको बाहिरी भाग तथा भित्री गेडामा पनि खैरा काला थोप्लाहरु देखा पर्ने र उत्पादनमा ह्रास आउने हुन्छ’ उनले भने ‘सन्तुलित मात्रामा मलखादको प्रयोग नगर्नु, ढुसीका कणहरु धानमा प्रसारण भएको, ढुसी फैलानको लागि उपयुक्त वातावरण भएको कारण रोगको संक्रमण फैलिदैँ गएको हुनसक्छ ।’  स्वस्थ बीउको प्रयोग गर्ने, रोग कम लाग्ने जातहरुको बीउ प्रयोग गर्ने, नाइट्रोजन, फस्फोरस र पोटासयुक्त मल सिफारिश गरिएको मात्रामा प्रयोग गरेमा पनि खैरो थोप्ले रोगबाट बचाउन सकिने उनले बताए ।  ‘जिल्लामा अहिलेसम्म धानखेतीमा अरु कुनै रोगको प्रकोप बारेमा जानकारी आएको छैन’ उनले भने ‘धानको गोडमेल गर्न, पानीको आवश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले सजकता अपनाउन आग्रह गर्दछौँ ।’  सन् १९४३ मा पश्चिम बंगालमा धानको खैरे थोप्ले रोगका कारण करीब २० लाख नागरिकले भोकमरीको कारण ज्यान गुमाएका थिए । यस रोगले गर्नसक्ने क्षतीलाई कम गर्नको लागि किसानहरुलाई ढुसीनासक बिषादी सहयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।  यस्तै, स्थानीय किसानलाई स्थलगत रुपमा विषादी प्रयोग सम्बन्धि तालिम समेत प्रदान गरिएको छ । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।  स्थानीय किसान धन बहादुर कुँवरले पहिलो पटक यसक्षेत्रका किसानले लगाएको धानमा खैरो थोप्ले रोग देखा परेको बताए । ‘अहिले धानको पातमा खैरा थोप्लाहरु देखा परेका छन्, यसले धान उत्पादनमा ह्रास आउने सम्भावना छ, कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा विषादी प्रयोग गरेका छौँ’ उनले बताए । उनले किराको बेलैमा नियन्त्रण गर्न नसकिए थप क्षती पुर्‍याउने सम्भावना रहेको बताए । 

सम्बन्धित सामग्री

दोलखाको वैतेश्वरमा सिंदुरे रोगको प्रकोप

दोलखा- यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा दोलखाका किसानले लगाएको गहुँ बालीमा पहेँलो सिंदुरे रोगको प्रकोप देखिएको छ । पर्याप्त हिउँदे वर्षा नहुँदा किसानले लगाएको गहुँ बालीमा सिंदुरे रोगको प्रकोप फैलिएको पाइएको हो । मुख्यगरी जिल्लाको वैतेश्वर गाउँपालिकाको वडा नम्बर-१ को गोपी बेँसी, वडा नम्बर-३ को मजुवा दोभाने बेँसी, निम्कोट बेँसीमा धेरै मात्रा सिंदुरे प्रकोप देखिएको […]

धानमा रोगको प्रकोप, किसान चिन्तित

गौर : रौतहटमा किसानले लगाएका धानखेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएको छ। गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। रोगको प्रकोप देखिएपछि यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञानकेन्द्र रौतहटले जनाएको छ।रौतहटमा ९८ प्रतिशत किसानले व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। रौतहटमा रोगले व्यापक क्षति गरेकाले यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषकहरूको भनाइ छ।अन्य वर्षभन्दा यो वर्ष छिटै मनसुन सक्रिय भई पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा

प्यूठानमा धान रोपोको एक महिनामा रोगको प्रकोप

राजेश जिसी प्यूठान । प्यूठानका किसानहरुले रोपाइँ सकेको एक महिना नहुँदै धानमा रोगको प्रकोप देखिएको छ । प्युठानकै अन्न भण्डारको रुपमा चिनिएको झिमरुक फाँटमा लगाएको धान बालीमा रोगको प्रकोप देखिएको हो । धानमा रोगको प्रकोप देखिएपछि किसान चिन्तीत भएका छन् । प्यूठान नगरपालिका ९ का लक्ष्मण केसीले ५ रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् तर, […]

गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढ्दो

लेखनाथ– कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।  गाईबस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको […]

म्याग्दीको धानबालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीमा धान बालीमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ । बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, फापरखेत, सिंगा, डाँडाखेत तथा मालिका तथा मंगला गाउँपालिकाका अधिकांश क्षेत्रको धान बालीमा रोग लागेको हो । धान बालीमा हल्का खैरो रङका पुतली जस्तो कीरा लागेको र धानको पात सुक्दै गएको किसानहरुले बताएका छन् । धानमा कीराको […]

बारा, पर्साको उखुमा रेड रोट रोगको प्रकोप

१ असार, कलैया । बारा, पर्सा र आसपासका जिल्लामा लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालि श्रीपुरका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको छ । उखुको भित्र रातो हुने रोग नै रेड रोट हो ।  भेराइटी उखुको लागि […]

खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो । खोरेत रोगबाट धमाधम पशुहरू मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको  र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए । नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरूमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खट

धानवालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको हो । त्यस्तै, धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र धानको पात सुकाइदिएको किसानले गुनासो गरेका छन् । कीराको काराण धान बढ्न नसक्ने […]

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ। गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान...

केरामा डढुवा र गबारो रोगको प्रकोप

म्याग्दी : म्याग्दीमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ। बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको विभिन्न स्थानमा खेती गरिएको केरामा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो।केरामा रोगको प्रकोप देखिएपछि कृषकहरु चिन्तित भएका छन्। खबरा गाउँमा खपटे घुनले केराका बोट सुक्न थालेका छन्। करिब १५ रोपनीको जग्गामा व्यावसायिक केरा खेती गरेका खबराका राजकुमार घिमिरेले रोगको प्रकोप देखिएपछि समस्या भएको बताए। उनले डढुवा, गबारो