धानमा 'पोके' रोग र 'फड्के' किराको प्रकोप

सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् ।

सम्बन्धित सामग्री

म्याग्दीमा खडेरी र फौजी किराले मकै सखाप

म्याग्दी : समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किराको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्ताले खिन्न बनेका छन्।विगत वर्षहरूको तुलनामा यस वर्ष म्याग्दी जिल्लामा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन्।जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी नटीय क्षेत्रका किसानहरूले लगाएको मकै बालीमा रोग र फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए।जिल्लाको लेकदेखि बेंसीस

म्याग्दीका फलफूल र मकैमा रोग किराको प्रकोप

गलेश्वर, २४ वैशाख । म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय […]

यसपालिको आँपमा फड्के किराको प्रकोप

धनगढी- कैलालीमा यस वर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आ‌ंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्के किराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर […]

म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिक रूपमा गरिएको केराखे तीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट […]

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

गलेश्वर, ४ कात्तिक । पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरु चिन्तित बनेका हुन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम […]

धानबालीमा किराको प्रकोप

गलेश्वर– पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरू चिन्तित बनेका हुन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम हुने अनुमान गरिएको […]

औँसा  र फौजी किराको प्रकोपले म्याग्दीका किसान चिन्तित

म्याग्दी : रासायनिक मलको अभावमा धानको बिउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानहरुले लगाएको खेती र फलफूलमा समेत रोग र किराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्।यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको छ।फूल फूलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौला, गोलभेंडा लगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी –  म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।  सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ । गएकाे वर्ष जिल्लाको बेनी नगरपा...

मुस्ताङका स्याउमा रोगको प्रकोप

दुर्गाप्रसाद शर्मा, पर्वत । मौसम परिवर्तनसँगै मुस्ताङका स्याउमा रोग किराको प्रकोप देखिएको छ । लामो वर्षाका कारण स्याउका बोटमा स्क्याप रोगको प्रकोप देखिएको हो । मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकासहितका ठाउँमा रहेका स्याउ बगैंचामा स्क्याप रोग देखा परेको छ । गत वर्षभन्दा यस वर्ष मुस्ताङका स्याउका बोटमा रोग किराको प्रकोप बढेकाले स्याउको उत्पादन तथा […]

गोदावरी फूलमा रोग किराको प्रकोप व्यवस्थापन विधि

काठमाडौं । गोदावरी फूलबाट चाहेअनुरूप आम्दानी लिन विभिन्न प्रकारका रोग तथा किराको प्रकोपबाट बिरुवालाई जोगाउनैपर्छ । त्यसैले त्यसमा लाग्ने रोग तथा किराबारे आवश्यक जानकारी राख्न जरुरी छ । गोदावरी फूलमा लाग्ने मुख्य किरा थ्रिप्स, लाही र लिफ माइनर हुन् भने ढुसीजन्य रोग सेतो रस्ट, पातथोप्ले, पाउडरी मिल्ड्यु र फ्युजारीएम मुख्य रोग हुन् । वरिष्ठ बागवानी विकास अधिकृत अनिलकुमार आचार्यका अनुसार नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा गोदावरी फूलमा आइपर्ने यस्ता समस्या समाधान गर्न सकिन्छ । थ्रिप्स यस किराको समस्याले  फूलका गुच्छामा सेतो दाग वा धर्सा पारिदिने, फूललाई सेतो बनाइदिने, पातमा खैरो थोप्ला पर्नेजस्ता लक्षण देखा पर्छन् । यसलाई नियन्त्रण गर्न प्राइड शून्य दशमलव ४ लिटर पानीमा वा रोगर २ एमएल प्रतिलिटका दरले पानीमा मिसाई प्रयोग गर्न सकिन्छ । लाही यसले विशेषगरी बिरुवाको कोपिला, नयाँ पालुवा र पातमा आक्रमण गर्दछ । ती स्थानमा यो किराले एक किसिमको चोप उत्पादन गर्दछ । यसले गर्दा ढुसीका जीवाणुको समेत प्रकोप बढ्न जान्छ । यसको व्यवस्थापन किटनाशक विषादीबाट सहजै गर्न सकिन्छ । लिफ माइनर यस किराको लार्भा माटोमा बसेर पातमा सेता सुरुङ पारिदिन्छ, जसले गर्दा पातमा सेता दाग देखिन्छन् । १ एमएल क्लोरोफाइरिस प्रतिलिटरका दरले पानीमा मिश्रण बनाई माटोमा छर्ने र सम्पर्क किटनाशक विषादी बोटमा स्प्रे गर्दा यो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ । फ्युजेरियम गोदावरीको पातको डाँठ काटेर हेर्दा भित्री भाग कालो देखियो भने यो रोग लागेको थाहा पाउनुपर्दछ । यस रोगलाई व्यवस्थापन गर्न ट्राइकोडमा ३ देखि ५ ग्राम प्रतिलिटर पानीमा मिसाई प्रतिबोट ३० देखि ४० एमएल पर्ने गरी ड्रेन्चिङ गर्नुपर्दछ । पाउडरी मिल्ड्यु ढुसीबाट लाग्ने यो रोगले नेपाली फूल किसानलाई सबैभन्दा बढी सताएको हुन्छ । नयाँ पात, कोपिला र डाँठको सतहमा खरानीजस्तो सेतो धुलो देखापरे यो रोग लागेको थाहा पाउनुपर्दछ । यससँगै पात झर्ने र कोपिला फक्रन नसक्ने हुन्छ । वर्षैभरि जुनसुकै समय पनि यस रोगले आक्रमण गर्दछ । यो रोगबाट फूललाई छुटकारा दिन ग्रीनहाउसमा दिनको समय आद्रता बढी राख्ने र रातीको समय कम राख्नुपर्दछ । रोग लागेका डाँठ र पात नष्ट गर्न सरसफाइका विधि अपनाउनुपर्दछ । धुलेढुसी नियन्त्रण गर्न उपयुक्त हुने ढुसी नाशक विषादी प्रयोग गर्न सकिन्छ । यद्यपि सुरक्षाका लागि रासायनिक उपचारलाई अन्तिम अस्त्रको रूपमा प्रयोग गर्नुपर्ने विज्ञहरू सुझाउँछन् । सेतोरस्ट पातको दुवै साइडमा सेतो थोपा देखा परेर विस्तारै बढ्दै गए यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागे बिरुवाको खाना बनाउने प्रक्रियामा असर पर्दछ र बोट विस्तारै कमजोर बन्दै मर्ने गर्दछ । यो रोग फंगसको कारणबाट हुने हुँदा रोगको प्रकोप हुन सक्ने अवस्थाअगावै फंगिसाइड दिनु रोकथामको उपाय हो । साथै, रोगको संकेत देखिनासाथ फंगिसाइड १ सय मिटर स्क्वायर क्षेत्रमा ५ ग्रामका दरले अक्सी कार्बोसिम स्प्रे गर्न सकिन्छ । पात थोप्ले वसन्त ऋतु तथा गर्मीयाममा यो रोगले बिरुवालाई आक्रमण गर्दछ । पहेंलोले घेरिएका गोलो कालो थोप्ला भएको लक्षण पातमा देखिएर बिरुवाको बढ्ने क्रम रोकिनुका साथै न्यून गुणस्तरको फूल फुल्दछ । यो रोगबाट फूललाई जोगाउन रोग लागेका डाँठ हटाउने र नष्ट गर्नुपर्दछ भने दिनको उत्तरार्द्धमा पातलाई सुक्खा राख्नुपर्दछ ।