धानबालीमा रोग र कीराको प्रकोप

चितवन । चितवनका किसानले वर्षामा लगाएको धानमा रोग र कीराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार धानबालीमा पातको फेद डडुवा (शिथ ब्लाइट) र गवारोको प्रकोप देखिएको हो । पूवी चितवनको खैरहनी नगरपालिका, राप्ती नगरपालिका र रत्ननगर नगरपालिकाका किसानले लगाएको अधिकांश धानबालीमा पातको फेद डडुवा र गवारोको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । रोग र कीराको प्रकोप देखिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय नगरपालिकाका कृषि शाखा प्रमुखहरूको टोलीले फिल्ड अनुगमन गरेको छ । अनुगमन गर्दा किसानले लगाएको अधिकांश धानबालीमा पातको फेदमा डडुवा र गवारोको प्रकोप देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ चितवनका कृषि अधिकृत एवं सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । ‘पूर्वी चितवनमा धान लगाइएको झन्डै २ महीना पुग्न लाग्यो,’ पौडेलले भने, ‘त्यहाँ अधिकांश क्षेत्रमा यो समस्या भएको पायौं ।’ अनुगमनपछि किसानलाई सही विषादी उपयुक्त परिमाणमा छर्न सुझाव दिइएको उनले बताए । मेशिनबाट लगाइएको धानबाली एउटै लाइनमा रहेको र हावा राम्रोसँग खेल्ने भएकाले हालसम्म रोग र कीराको प्रकोप नदेखिएको उनको भनाइ छ । गएको वर्ष पनि यी नै रोगका कारण धान उत्पादनमा करीब १५ प्रतिशतले कमी आएको उनले बताए । अरू पालिकाबाट पनि किसानहरूको गुनासो धेरै आएको छ । उनका अनुसार केही दिनभित्र दोस्रो चरणमा किसानको गुनासो पाएको पालिकाको स्थलगत अनुगमन गर्ने योजना रहेको छ । यता, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले गवाराको कारण धान उत्पादनमा ह्रास आउँछ भनेर अहिले नै भन्न नसकिने बताए । यो समय धानमा अन्य समस्या समेत देखिने भएकाले किसान सचेत रहनुपर्ने उनको भनाइ छ । किसानले भने धानबालीमा देखिएको विभिन्न प्रकोपका कारण धानमा ठूलै क्षति बेहोर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राप्ती नगरपालिकाका किसान अगुवा धर्मराज कँडेल हरेक वर्ष रोग र कीराको प्रकोप देखिने बताउँछन् । निषेधाज्ञाका कारण महँगोमा मलखाद किनेर रोपेको धान विभिन्न प्रकारको रोगका कारण डढ्न थालेपछि चिन्तित बनेका हुन् । समयमै वर्षा हुँदा धान रोपाइँ राम्रो भए पनि अहिले आएर किसानलाई विभिन्न प्रकारको रोगले चिन्तामा पारेको हो । यति बेला धान गाँज हाल्ने बेला भएकाले किसानहरू आत्तिइहाल्नु नपर्ने कृषि प्राविधिकहरूको भनाइ छ । तर, सचेत भने हुनुपर्नेछ । गवारो लागेपछि धानको बोट गुभामा कुहिने, रातो हुने गर्छ । चितवनमा बर्खे धान २३ हजार हेक्टर क्षेत्रफल र चैते धान ७ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ ।  

सम्बन्धित सामग्री

धानमा रोग प्रकोप

बिर्तामोड– झापा, अर्जुनधाराका किसानले लगाएको धानखेतीमा गवारो रोगको प्रकोप बढेको छ । अर्जुनधारा वडा नम्बर ३ का १० जना किसानले लगाएको २० बिघा धानखेतीमा गवारो रोग देखिएको हो । गवारो कीरा प्रकोपले धान पहेंलो हुनुका साथै धानको गुभो मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । अर्जुनधारा वडा नम्बर ३ का सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ […]

धरानमा डेंगुको प्रकोप: वीपी प्रतिष्ठान जाँदैनन् बिरामी

डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परीक्षण किट उपलब्ध गराउन पत्राचार गरेको छ।...

धरानमा डेंगुको प्रकोप: वीपी प्रतिष्ठान जाँदैनन् बिरामी

डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परीक्षण किट उपलब्ध गराउन पत्राचार गरेको छ।...

म्याग्दीका फलफूल र मकैमा रोग किराको प्रकोप

गलेश्वर, २४ वैशाख । म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय […]

रौतहटमा बढ्यो लामखुट्टेको प्रकोप

रौतहट : गर्मी बढेसँगै रौतहटमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। वर्षा र गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भए पनि रौतहटका स्थानीय तहले समयमै औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। स्थानीय तहले समयमा लामखुट्टे मार्ने औषधि नछर्किंदा रौतहटमा डेंगुको रोग पनि आउन सक्ने सम्भावना बढदै गएको चन्द्रनिगाहपुरका स्थानीय अमित साहले बताएका छन्।स्थानीय तहको निर्वाचित वडाध्यक्ष तथा नगरप्रमुखले यस्ता कुरामा समयमै ध्यान दिनुपर्ने साहको भनाइ रहेको छ। सरसफाइ व्यवस्थापन र लामखुट्टेको

डेंगु प्रकोप फैलिनुको मुख्य कारण सेरोटाइप–३

२५ मंसिर, काठमाडौं । नेपालमा यस वर्ष डेंगुको प्रकोप फैलिनुमा ‘सेरोटाइप ३’ को मुख्य भूमिका रहेको पाइएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) गरेको एक अध्ययनमा यस वर्ष डेंगु प्रकोप फैलिनुमा सेरोटाइप ३ को मुख्य भूमिका छ । डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ । नेपालमा यो वर्ष […]

डेंगुलाई प्रकोप घोषणा गर्न आग्रह

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुलाई प्रकोप घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । प्रकोपका रूपमा घोषणापछि डेंगु नियन्त्रणमा बहुसहकार्य हुने भएको भन्दै महाशाखाले यस्तो आग्रह गरेको हो ।...

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।    धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो रोग लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन् । जिल्लाको रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारोको प्रकोप देखिन थालेको हो । म्यादीको रघुगङ्गा गाउँपालिकाका किसानले लगाएको धान बालीमा गभारोको प्रकोप देखि

पशुहरूमामा फैलियो खोरेत रोग

जिल्लामा पशुहरुमा लाग्ने खोरेत रोग प्रकोप फैलिन थालेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।...

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

१ असोज, गुल्मी । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरहेको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए । सम्पर्कमा आएका ६–७ जना […]