काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाभियोग लगाउने तयारी भइरहेको जानकारी दिएका छन्।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसदद्वय अधिकारी र बिडारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नभएको पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन ढिलाइ गर्न नहुने बताए।नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाभियोग लगाएर पदच्युत गर