कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं- संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरूमा पनि आपसमा तल मिलेको देखिएन ।’ निर्वाचन निष्पक्ष […]

सम्बन्धित सामग्री

१२ दिनपछि कोरोना संक्रमण मुक्त भए बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन्।

गोरखामा धान चुट्दै बाबुराम भट्टराई ! (तस्वीरहरू)

जनता समाजवादी पार्टीले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान चलाइरहेको छ । यही अभियानअन्तर्गत जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई केही दिनदेखि गोरखामा छन् ।  उनले जनता तथा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । केही ठाउँ किसानहरूसँग आफैं पनि काम गर्न कस्सिएका छन् । उनले धान चुट्दै गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।  कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।

एमसिसीको विरोध आवश्यक छैन : डा. बाबुराम भट्टराई

सिन्धुली । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को विषयमा बहस आवश्यक नरहेको बताए । उनले एमसिसिका विषयमा राज्यको स्पष्ट नीति हुनुपर्ने बताउँदै नेपाल सरकारको विदेशी सहयोग बन्द गर्ने नीति नभएकाले एमसिसीको विरोध आवश्यक नरहेको बताए । मंगलबार जसपाको सुज अभियान उद्घाटनका लागि […] The post एमसिसीको विरोध आवश्यक छैन : डा. बाबुराम भट्टराई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

डा. बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्ताेलाको उपस्थीति रहेको थियो । राजनीतिक विषयमा छलफल भएको बताएको छ । पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहनु भएका विप्लवले आज […]

बाबुराम भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)

बाबुराम भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)

उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई

१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान […]

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली […]

बाबुराम भट्टराई आज टीकापुर जाँदै, जनसभालाई सम्बोधन गर्ने

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर जाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्ने निर्णय गरेको छ । नेता भट्टराईले कैलालीको टीकापुरमा हुने जनसभामा सहभागिता जनाउने छन् । भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरूमा हुने जसपाको जनसभामा सहभागी बनौं । ...