काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले कांग्रेस–माओवादीले ल्याउने अविश्वासको प्रस्तावमा सहयोग गर्ने बताएका छन्। सिंहदरबारमा माधव समूहको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याए त्यसमा हस्ताक्षर गर्न तयार छौं।’ प्रधानमन्त्री ओलीले राजीनामा दिने र आजै सपथ खुवाउने तयारी भइरहेको बताउँदै उनले प्रधानमन्त्रीका लागि कुनै कानून र संविधान नभएको बताए।