जनकपुरधाम- प्रदेशको आफ्नै प्रहरी प्रशासन नभएको कारण मानवअधिकारको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित मानवअधिका रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने प्रदेश सरकार मानवअधिकारको मुद्दामा संवेदनशील रहेपनि आफ्नो प्रहरी प्रशासन नभएको कारण काम गर्न समस्या रहेको बताए। […]