प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम तोक्न नसक्दा पीडा बोध भएको बताएका छन् । प्रदेशको राजधानी टुंगो लाग्न नसक्दा राजधानीको संरचना तयार गर्न समेत समस्या भएको छ,' मुख्यमन्त्री राउतले प्रदेशसभामा बुधबार बोल्दै भने, 'प्रदेशको नाम लिएर घोचपेच हुँदा म आफैंलाई पीडा बोध भएको छ ।’