ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले जनताको विल्लिबाठ हुन्छ : मुख्यमन्त्री राउत

जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय अदूरदर्शी भएको बताएका छन्। आज एक विज्ञप्तिमार्फत् उनले यस योजनाले देशकै अन्नभण्डार प्रदेश २ मरुभूमिकरण भई जनताको बिल्लीबाठ हुने बताए। प्रदेशका कवचजस्तो सप्तरीदेखि पर्सासम्म फैलिएको चुरेपहाडमा आश्रित जनता प्रति वर्ष बाढीपहिरो, पानीको समस्या र कृषि उपजसम्बन्धी समस्याबाट प्रताडित भएको विज्ञप्तिमा उल्लेख छ।