कांग्रेससँगको गठबन्धन तोडेर गएको फागुन २१ मा एमालेसँग नयाँ गठबन्धन गर्दा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लागेको हुँदो हो– ‘म बेलाबेलामा उथलपुथल ल्याउन माहिर छु, मैले जति कूटनीतिको राजनीति गर्न कसैले पनि सक्दैन ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनअनुसार नेपालमा ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसंख्या घट्दो छ भने शहरी तथा शहरोन्मुख क्षेत्रमा बसोवास गर्नेको संख्या बढ्दो छ । नेपालजस्तो ग्रामीण अर्थतन्त्र भएको मुलुकमा गाउँ खाली हुँदै जानु राम्रो होइन तर प्रतिवेदनले दिएको तथ्यांकले गाउँबाट बसाइँ सरेर गएकाले गाउँ खाली भएको भने देखिँदैन । यद्यपि अवसर र सुविधाको खोजीमा ग्रामीण इलाकाबाट शहरतिर बसाइँ सर्ने प्रवृत्ति भने व्यापक छ । गाउँमा बस्ने जनसंख्या झन्डै ५ प्रतिशत विन्दुले घटेको देखिन्छ । सरकारले नगरपालिकाको संख्या बढाउँदै लगेकाले ग्रामीण क्षेत्रको अंश नै मुलुकमा कम हुँदै गएको देखिन्छ ।
नेपालको जनसांख्यिकीय अवस्थामा ठूलो उथलपुथल आइरहेको छ । खासगरी माओवादी सशस्त्र द्वन्द्वपछि नेपाली समाजको संरचनामै परिवर्तन आएको छ । ग्रामीण इलाका कब्जा गर्ने त्यतिबेलाको द्वन्द्वनीतिले धेरै गाउँलेलाई गाउँ छाड्न बाध्य बनायो, कतिपयले त गाउँमात्र होइन देशै छाडेर बाहिर पनि गए । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि मानिसहरू गाउँ जाने वातावरण बनेन । त्यसले गर्दा ग्रामीण क्षेत्रको जग्गाजमीन बाँझो बन्न थाले । त्यसैको परिणति अहिले पनि मानिसहरू गाउँ छाडेर शहरतिर जाने प्रवृत्ति कायम रहेको देखिन्छ ।
विगत केही दशकमा गाउँहरूको अवस्था निकै परिवर्तन भएको छ । कच्ची नै भए पनि प्राय: ठाउँमा सडक सञ्जाल पुगेको छ, विद्युत्को सुविधा पुगेको छ । मोबाइल प्राय:को हातमा पुगेको छ । त्यस्तै धेरै क्षेत्रमा वित्तीय पहुँच पनि पुगेको छ । त्यसमा पनि ग्रामीण तहमा सहकारीहरू खुलेका छन् जसले विपन्न वर्गलाई आय आर्जन गर्न निकै सहयोग पुगेको छ । विद्यालय भवनहरू पनि पक्की बनेका छन् र शिक्षकहरूको दरबन्दी पनि अत्यधिक ठाउँमा पर्याप्त रहेको छ । गाउँमा उत्पादित वस्तु शहरमा पठाउन सक्ने अवस्था पनि बनिसकेको छ । तर पनि गाउँमा जनसंख्या घट्दो छ, बाँझो जमीन बढ्दो छ । गाउँमा जबसम्म जीवन ल्याउन सकिँदैन तबसम्म मुलुक खाद्य वस्तुमा आत्मनिर्भर हुन कठिन देखिन्छ । गाउँमा जनसंख्या घटेपछि कृषि मजदूरको अभाव भएको छ । विगतमा जस्तो पैंचोपर्मको संस्कृति पनि हराउँदै गएको छ । साना नानीहरू विद्यालय जान थालेपछि गाईबस्तु चराउन छाडिएको छ जसले गर्दा प्रांगारिक मलको प्रयोग हुन छाडेको छ । यस्तोमा त्यहाँ भौगोलिक वातावरण र कम लागत पर्ने कृषि औजारहरूको प्रयोग बढ्नुपर्ने हो । नेपालमा कृषि औजारको उत्पादन नहुने तथा नेपाली भौगोलिक अवस्थाअनुसार सुहाउँदो औजार पर्याप्त नपाइने अवस्था छ । यस्तोमा सरकारले अनुदान दिएर भए पनि उपयुक्त कृषि औजार निर्माण गर्न लगाउनु आवश्यक छ । व्यक्ति जो जहाँ बसे पनि सुविधा पाउनुपर्छ । जनतालाई सेवा दिने काम गर्न सरकारले बहानावाजी गर्न पाउँदैन ।
विकासै नभई नेपाल वृद्धहरूको मुलुक बन्ने हो कि भन्नेमा अर्थशास्त्रीहरूले चिन्ता प्रकट गर्न थालिसकेका छन् । त्यसैले अब कस्तो खालको जनसंख्या नीति लिने हो गम्भीर विश्लेषण गर्न ढिला भइसकेको छ ।
तराईको जनसंख्या बढ्दो छ भने पहाडी र हिमाली क्षेत्रमा घट्दो अवस्थामा छ । यसले सन्तुलित विकासको अवधारणा पूरा हुँदैन । त्यस्तै बढी जनसंख्या कुनै ठाउँमा एकत्रित हुँदा त्यहाँको संरचनाले नधान्न सक्छ । यसमा काठमाडौं उपत्यकालाई नै लिन सकिन्छ । यहाँको शहरीकरण योजनाबद्ध नभएकाले निकै अव्यवस्थित छ । मुलुकका अरू साना शहरहरू यो भन्दा निकै व्यवस्थित छन् । यसो हुनुको कारण नै यहाँ बढी जनसंख्या ओइरिनु हो भन्न सकिन्छ । त्यस्तै नेपालले विगतमा जनसंख्या वृद्धिदर रोक्ने नीति लिएको थियो । अझै पनि त्यो नीति कायम छ । तर, मुलुकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशतमा झरेकाले अब यो नीतिमा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको देखिन्छ । अहिले युवाको संख्या बढी भएकाले जनसांख्यिकीय लाभ नेपाललाई छ । तर, जनसंख्या वृद्धिदर जसरी घटिरहेको छ त्यसले भोलि नेपालमा काम गर्न सक्ने उमेर भएको जनसंख्या निकै कम हुनेछ । विकासै नभई नेपाल वृद्धहरूको मुलुक बन्ने हो कि भन्नेमा अर्थशास्त्रीहरूले चिन्ता प्रकट गर्न थालिसकेका छन् । त्यसैले अब कस्तो खालको जनसंख्या नीति लिने हो गम्भीर विश्लेषण गर्न ढिला भइसकेको छ ।
मुलुकभित्र देखिएको मन्दीका कारण व्यवसाय चल्न गाह्रो भएपछि व्यवसायीहरू विदेश पलायन हुने र अन्य विकल्प खोज्ने क्रम चितवनमा देखिएको छ । चितवनमा मात्रै होइन, मन्दीका कारण मुलुकका प्रमुख क्षेत्रमा व्यवसायहरू बन्द हुन थालेको र उद्योगहरूले उत्पादन कटौती गरिरहेको समाचार आइरहेका छन् । अर्थतन्त्रमा देखिएको यस संकटको घडीमा केही व्यावसायिक घरानाप्रति लक्षित गरी सार्वजनिक घृणा फैलाउने काम पनि भइरहेको छ । व्यवसाय गर्ने वातावरण बिग्रँदै गइरहेको बेला दुर्गा प्रसार्इंले खुलेयाम निश्चित समुदायको नामै किटान गरेर दोष थुपारिरहेका छन् । कानूनले उद्योग, व्यवसाय गर्ने सुविधा सबैलाई समान रूपले दिएको छ । खुला बजार अर्थतन्त्रको मूल मर्म नै यस्तो हो कि प्रतिस्पर्धामा जो खट्न सक्छन्, तिनै टिक्छन् । खुलेयाम अनर्गल प्रचार गर्दा यसले व्यवसायी र उद्योगीहरूमा चिन्ता बढेको छ । उनीहरू पनि पलायन हुन थाले भने मुलुकको अर्थतन्त्र डुब्ने सम्भावना बढ्छ ।
बुझाइ आआफ्नै होलान् । तर, मुलुकको अर्थतन्त्र निर्माणमा मारवाडी समुदायको योगदान उच्च रहेको छ । पुस्तौंपुस्तादेखि नेपालमा व्यवसाय गरेका यिनीहरूका विरुद्ध केही तप्काका मानिस खुलेर लागेका छन् । सांसदहरूले समेत अर्थतन्त्रको वास्तविकता नबुझी गलत सन्देश फैलाउने काम गरेको पाइन्छ । यस्ता अभिव्यक्तिले अर्थतन्त्रमा थप समस्या आउने देखिन्छ । यही कारण उद्योग व्यवसाय र रोजगारी सृजनामा योगदान दिएका व्यापारिक घरानाहरू अहिले निकै तनावमा रहेका छन् । कतिपय उद्योगपतिले त असुरक्षित हुनु परेको गुनासो गरिसकेका छन् । उद्योगपति नै असुरक्षित भएपछि उद्योग, व्यवसाय कसरी सञ्चालन हुने ? उद्योग नै सञ्चालन नभए सबल अर्थतन्त्रको के कुरा गर्ने ?
बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ ।
यदि सरकार यस्ता कुरामा संवेदनशील नहुने हो भने त्यसले मुलुकभित्रै निकै ठूलो आर्थिक उथलपुथल ल्याउने निश्चित नै छ । अहिले जनताको क्रयशक्ति घटेको छ । क्रयशक्ति भए पनि उनीहरू खर्च गर्न डराइरहेका छन् । मुलुकमा व्याप्त निराशाका कारण सन्ततिहरू विदेशतिरै जान लालायित भइरहेको सन्दर्भमा नेपालमा अचल सम्पत्तिमा लगानी गर्नसमेत डराइरहेको अवस्था छ । त्यसैले उपभोग्य वस्तुदेखि विलासिताका वस्तुसम्मको कारोबार सुस्ताएको छ । उपभोक्ता र उद्योगीको मनोबल नउकासेसम्म अर्थतन्त्रले गति लिन सक्दैन । संकटको अर्थतन्त्रमा बढी कर लगाउनु प्रत्युत्पादक हुन्छ भन्ने यथार्थ सरकारले नबुझेको हो वा बुझेर पनि राजस्व बढाउनुपर्ने बाध्यताले हो करमा सरकार निकै अनुदार देखिएको छ । यसको मारमा उद्योगी व्यवसायी परेपछि उनीहरूले व्यवसाय बन्द गर्नु नै उपयुक्त देखेको हुन सक्छ । त्यही भएर कुनै बेला खोसाखोस हुने सटरहरू अहिले खाली छन् । महीनौंदेखि सटर खाली भएपछि घरधनीहरू तनावमा छन् । यस अवस्थाको अन्त्यका लागि सकारात्मक र आशावादी सन्देश प्रवाह गर्नु जरुरी छ ।
त्यसैले अहिले अर्थतन्त्रको उपचारमा सरकारले विशेष नीति ल्याउन आवश्यक छ । मुलुकलाई थप आर्थिक समस्यामा नलैजाने हो भने केही न केही नयाँ नीति ल्याउन आवश्यक भइसकेको छ । अर्थतन्त्र उपभोक्ताको आत्मविश्वासमा बढी चलायमान हुने हो । यो आत्मविश्वास जगाउने काम निकै चुनौतीपूर्ण देखिन्छ । किनभने समाजका हरेक पक्ष अहिले निराशाको अवस्थामा छ । यस्तो निराश जनतालाई घृणात्मक सन्देश दिएर उचाल्ने काम भइरहेको छ । यसले भोलिका दिनमा समाजमा अर्को द्वन्द्व ननिम्त्याउला भन्न सकिँदैन । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले मात्र अहिले विपे्रषण आय बढिरहेको हो । यही विप्रेषणलाई देखाएर अर्थतन्त्र सुधारोन्मुख छ भन्न मिल्दैन । विप्रेषणमा जुनसुकै बेला समस्या आउन सक्छ । धेरै नेपालीहरूले काम गर्ने खाडी मुलुक र मलेशियामा कुनै समस्या आयो भने नेपालीहरू स्वदेश फर्कनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय राजनीतिका कारण ती मुलुकमा समस्या नआउला भन्न सकिँदैन । त्यसैले दीर्घकालीन र बलियो अर्थतन्त्रका लागि स्वदेशी उद्योग, व्यवसायको प्रवर्द्धन गर्नु अनिवार्य छ । बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ । तर, अहिलेको जस्तो नीतिहीनता रहिरहे अर्थतन्त्रको आगामी दिशा र दशाबारे यसै होला भनी आकलन गर्न सकिँदैन ।
आदरणीय शिक्षकहरू ! मैले यस लेखमा प्राथमिक तहदेखि माध्यमिक तहका सम्पूर्ण सरकारी तथा मध्यमस्तरको आम्दानी भएका अभिभावकहरूले आफ्ना सन्तानहरूलाई पढाउन सक्ने निजी विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरूलाई सम्बोधन गरेको छु। क्याम्पस तथा विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरूसँग मेरो छुट्टै गुनासो छ र सुविधासम्पन्न भनिने सम्भ्रान्त वर्ग बाहेकलाई विद्यालयको परिसर भित्र छिर्न निषेध गरिएका सर्वसाधारणको पहुँच भन्दा बाहिरका […]
हिमाल जति मनमोहक छ, त्यत्ति नै संवेदनशील पनि छ । हामीले हेर्दा शक्तिशाली खम्बा झैँ ठडिएको हिमालमा थोरै समस्याले पनि विचलन ल्याउन सक्छ । समान्य देखिने समस्याले पनि हिमालमा उथलपुथल ल्याउन सक्छ । पर्वतीय पर्यटन व्यवसाय प्रवर्द्धनसँगै हिमालमा गतिविधिहरू बढेका छन् । व्यवसायका लागि प्रयोग हुँदै आएका हिमालमा हुने स–साना गल्...