आम्मा ! कति महँगो च्यांग्रा (तस्वीरहरु)

पोखरा । दशैंका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका भेडाच्यांग्रा पोखरा ल्याएका छन् । पोखराको हेम्जा, याम्दी सिम्पानी क्षेत्र छपक्कै छोप्ने गरी हजारौं भेडा च्यांग्रा बिक्रीका लागि राखिएका छन् । दशैंमा बेच्न पोखरासम्म झारिएका भेडाच्यांग्रा किन्ने र हेर्नेहरुका कारण हेम्जा क्षेत्रमा भिडभाड छ । दशैंको पाँचौैं दिन बिहीबार हेम्जा क्षेत्रमा भेडा, च्यांग्रा किन्न गएकाहरुको विहानदेखि […]

सम्बन्धित सामग्री

निकासीमा अनुदानको प्रभाव

सरकारले स्वदेशी उत्पादन वृद्धि र निर्यातलाई प्रोत्साहन गरेर वैदेशिक व्यापारघाटा कम गर्ने तथा रोजगारी सृजना गर्ने उद्देश्यअनुरूप नेपाली उत्पादन विदेश निर्यात गर्नेलाई नगद अनुदान दिने नीति लिएको छ । यस्तो अनुदान बढ्दै गए पनि त्यसले निर्यात बढाउन कत्तिको मद्दत गरेको छ भन्ने विषयमा भने अध्ययन गरेको छैन । तर, अनुदान दिएपछि निर्यात वृद्धिसँगै रोजगारी पनि बढ्न आवश्यक हुन्छ ।  निश्चय नै अनुदान निर्यात प्रोत्साहनका लागि निकै प्रभावकारी छ । उसले उद्योगीलाई उत्साह थपेको छ र मुनाफामा सहयोग गरी मूल्यमा प्रतिस्पर्धा गर्न पनि केही सहज बनाएको छ । अनुदानले कस्ता वस्तुको निर्यात कति परिमाणमा बढ्यो, अनुदानको अनुपातमा तिनले कति रोजगारी सृजनामा सहयोग पुर्‍यायो भन्नेमा अध्ययन हुन जरुरी छ । यस्तो अध्ययनले अनुदानको प्रभावकारिताको वास्तविकता थाहा हुन्छ । कुन क्षेत्रमा कति सहयोग पुगेको छ भन्ने ठोस तथ्य प्राप्त हुन्छ । यस्तो तथ्यांकको विश्लेषण गरेर कुनै क्षेत्रमा अनुदान बढाउनु उपयुक्त हुन्छ भने कुनैमा घटाउनुपर्ने पनि हुन सक्छ । कुनै क्षेत्रलाई अनुदान नचाहिने पनि हुन सक्छ । तर, सरकारले निर्यातको अनुपातमा निश्चित अनुदान दिँदै आएको छ । त्यो अनुदान पनि निकासीकर्ताले सजिलै पाउँदैनन् । अनेक झन्झट ब्यहोर्नु पर्छ, निकै ढिला प्राप्त हुन्छ । यही भएर कतिपय निकासीकर्ताले अनुदानको मागसमेत नगरेको पाइन्छ । सरकारले दिनुपर्ने अनुदान समयमा दिँदा त्यसको प्रभावकारिता पक्कै पनि बढी हुन्छ । त्यसतर्फ ध्यान जानु अवाश्यक छ ।  हुन त अनुदानले मात्रै निर्यात बढाउँदैन भन्ने भनाइ पनि पाइन्छ । उद्योगी व्यवसायीले निर्यात गर्नुको प्रयोजन अनुदान होइन, मुनाफा नै हो । अनुदानकै लागि भनेर कुनै उद्योगीले उत्पादन गर्ने र निर्यात गर्ने पनि होइन । तर, यस्तो अनुदानको रकमले उद्योगीहरूलाई थोरै भए पनि मुनाफामा सहयोग गर्छ । त्यसैले धेरै देशले अनुदान दिने नीति लिएको पाइन्छ ।  अब अनुदान नीतिमा केही परिवर्तन गर्नु आवश्यक छ । पहिलो त निकासी विन्दुमै निर्यात अनुदान उपलब्ध गराउन सकिन्छ । अथवा वस्तु निर्यातको निश्चित अवधिपछि अनुदान दिने गर्न सकिन्छ । सरकारले अनुदानको रकम समयमा नै निकासा गरी यथाशक्य शीघ्र निर्यातकर्ताले पाउने व्यवस्था मिलाउनुपर्छ ।  अब अनुदान नीतिमा केही परिवर्तन गर्नु आवश्यक छ । पहिलो त निकासी विन्दुमै निर्यात अनुदान उपलब्ध गराउन सकिन्छ । अथवा वस्तु निर्यातको निश्चित अवधिपछि अनुदान दिने गर्न सकिन्छ । चालू आवको बजेटमार्फत गरिएको नगद अनुदान ८ प्रतिशतसम्म पुर्‍याउने घोषणा कार्यान्वयनमा आएको छ । अहिले निर्यातमा दिने नगद प्रोत्साहनको न्यूनतम सीमा ४ प्रतिशत छ । अहिले विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा नगद अनुदान दिने गरिएको छ । नेपालबाट निर्यात हुने प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज तथा त्यसबाट उत्पादित सामान, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवाले नगद अनुदान पाउँछन् । त्यस्तै कपडा, तयारी पोशाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पश्मिना तथा त्यसबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टर/यार्न/फाइवर भिस्कोस यार्न/एक्रेलिक यार्न/कटन यार्न, तामाका सामान र फुटवेयरले पनि अनुदान पाइरहेका छन् । यो वर्षदेखि सिमेन्ट, क्लिंकर, स्टील निकासीकर्तालाई पनि अनुदान दिने नीति सरकारको छ । यही कारण सिमेन्टको निकासी बढेको देखिन्छ ।  अब विदेशी मुद्रा आर्जन गर्ने स्रोत मानिएको पर्यटन व्यवसायलाई भ्याट छूट दिनुपर्छ । यसरी लगानीकर्ताको लागत कम पर्ने खालको प्रोत्साहन नीतिलाई निरन्तरता दिनु आवश्यक छ र यसमा रहेका झन्झट पनि हटाइनुपर्छ । अनुदान नीतिको प्रभावबारे पनि तत्काल अध्ययन थालिहाल्नुपर्छ ।

खाद्यले बिक्री गर्न थाल्यो खसी-च्यांग्रा, किलोको कति ?

१२ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । बुधबार बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १२६० र […]

दशैंको मासु : उपभोगमा सावधानी नअपनाए विषालु !

दशैंको एउटा विशेषता मीठो खाने, राम्रो लगाउने हो । दशैंका बेला  खानेकुरामा नछुट्ने (शाकाहारी परिवार बाहेक) परिकार हो मासु । हुन त मासु खान दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपि देशैंमा मासुले बढी महŒव पाउने गरेको छ । दशैंमा खसीको मासु सबैभन्दा बढी उपभोग हुने गरेको छ । त्यसबाहेक जाति, समुदाय र प्रचलन अनुसार नेपालीको भान्छामा रागा, च्यांग्रा, कुखुरा, हाँस, माछा लगायतको मासु समेत पाक्ने गर्छ । यस्तै विदेशबाट आयातित सामुद्रिक खाना पनि हाम्रो भान्सासम्म पुग्छ । मासुमा विशेषगरी प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोट्रिन हाम्रो शरीरलाई आवश्यक एउटा महत्त्वपूर्ण पोषक तत्त्व हो । तर, त्यसको सही आपूर्तिका लागि कति खाने, कसरी खाने भन्ने थाहा हुनुपर्छ । अन्यथा जथाभावी रूपमा उपभोग गर्दा मासु नै रोगको स्रोत बन्न सक्छ । दशैंमा देवीलाई पशुबलि दिने र प्रसादको रूपमा मासु खाने चलन छ । यस्तै बजारबाटै किनेर पनि मासु ल्याइन्छ । आफन्त आउँदा प्रायः मासुकै परिकार खुवाइन्छ । आफू शाकाहारी भए मासुको प्रसंगै भएन, अन्यथा जसको घरमा गएको हो, उसको मन राखिदिन पनि केही मासु खाइन्छ । तर मात्रा र तरीका नमिलाई खाइएको मासुले स्वास्थ्यमा गडबडी हुन सक्ने भएकाले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । स्टार हस्पिटल, सानेपाकी पोषणविद् चन्द्रमाला अवस्थीका अनुसार एकै दिन धेरै ठाउँमा खानैपर्दा केही तरिका अपनाउन सकिन्छ । यस्तो अवस्थामा दिएका सबै परिकार खानुको सट्टा सलाद, फलफूलजस्ता हल्का खानेकुरा बढी खाने र मासु कम खाने गर्न सकिन्छ । चाडबाडका नाममा अनावश्यक खाना खाएकै कारण उच्च रक्तचाप, मधुमेह र मुटु रोगमा जटिलता बढ्ने गर्छ । यसैकारण यस्ता रोगीले नियमित तालिकाभित्र रहेर दशैं मनाउनुपर्ने पोषणविद् अवस्थी बताउँछिन् । रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलादे बढी सेवन गर्न उनी सुझाउँछिन् । पछिल्लो समय दशैं मनाउने चलनमा केही परिवर्तन आएको छ । विशेषगरी चिसो पेयपदार्थ तथा अन्य रेडिमेड परिकार बढी प्रयोग गरिन्छ । यस्ता खानेकुरा सकेसम्म खानै नहुने अवस्थी बताउँछिन् । उनका अनुसार यस्ता खानामा बढी चिल्लो, चिनी तथा नूनको मात्रा बढी हुन्छ, जसको अधिक उपभोगले स्वास्थ्यमा विभिन्न जटिल समस्या ल्याउन सक्छ । दशैंमा मासुको परिकार बनाउँदा पनि केही गलत चलन छाड्नुपर्ने पोषणविद्को सुझाव छ । विशेषगरी मासु किन्दादेखि पकाउँदा र खाँदासम्म विशेष ध्यान दिनुपर्छ । खसीको मासु ल्याउँदा सकेसम्म ताजा मात्र ल्याउने, मासुलाई बोसो निकालेर छुट्याउने र थोरै तेल राखेर पनि पकाउन सकिन्छ । मसला खासै हानिकारक नभएकाले यो आवश्यकता अनुसार राख्न सकिन्छ । दशैंका बेला मासु एकै दिन पकाएर हप्तौं फ्रिजमा राखेर खाने चलन छ । यो चलन पनि स्वास्थ्यका लागि राम्रो नभएको पोषणविद् अवस्थीको भनाइ छ । उनका अनुसार पक्कु बनाउँदा धेरै तेल मासुले सोस्ने र मासुमा पनि बोसो हुने भएकाले यसरी पकाएको मासुमा चिल्लो धेरै हुन्छ । यस्तै तताउँदै फ्रिजमा राख्दै गर्ने र धेरै दिनसम्म राखेर खानाले यसको पोषण तŒव पनि नष्ट हुन्छ । कसरी तयार गर्ने मासु ? मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने त्यस हतियारलाई पहिले राम्रोसँग सफा गर्नुपर्छ । मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ । थोरै समयमै मासु पकाउँदा भित्री भाग नपाकेको पनि हुन सक्छ । त्यसैले, मासु लामो समय दिएर पूरै पाक्नेगरी पकाइसकेर मात्र खानुपर्छ । मासुलाई खुला वा झिँगा भन्कने ठाउँमा राख्नु हुँदैन । मासु राख्दा अनिवार्य छोप्नुपर्छ । सकेसम्म लामो समयदेखिको मासु खानुहुँदैन । पाकिसकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट कीटाणु सर्ने सम्भावना प्रबल हुन्छ । आन्द्राभुँडी राम्रोसँग सफा गरिसकेपछि मात्र पकाउनुपर्छ । पानीको प्रयोग गरेर अनुभवीले मात्र पखाल्ने काम गर्नुपर्छ । यसरी मासु तयार पार्दा सम्भावित कैयौं स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । शाकाहारी हुनुहुन्छ भने... मासु खान मिल्दैन या शाकाहारी हुनुहुन्छ भने उत्तम विकल्प छन् । यस्तो शाकाहारी खानेकुरा स्वादमा मासुजस्तै लाग्छ । साथै मासुले भन्दा बढी फाइदा गर्नुका साथै ‘साइड इफेक्ट’ पनि हुँदैन । यसका लागि ‘भेज मिट प्रडक्ट’ उपभोग गर्न सकिन्छ, जसबाट प्रोटिन पाइन्छ र स्वास्थ्यवद्र्धक पनि हुन्छ । भेज मिट भटमासबाट बन्छ । यसको स्वाद मासुको जस्तै हुन्छ । चपाउँदा पनि मासु जस्तै लाग्छ । त्यस्तै, अन्य विकल्पमा दूधबाट बनेका पनिर र भटमासबाट बन्ने तोफु पनि प्रयोग गर्न सकिन्छ ।

असोज १ बाट देशैभर दशैँ लक्षित सहुलियत पसल

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।असोज १ गतेबाट ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ वटा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङले ३८ वटा त्यस्ता पसल सञ्चालन गर्ने छ । सहुलियतका पसलहरु असोज २४ गतेसम्म सञ्चालन हुनेछन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूले बिक्रि गर्ने सबै खाले खाद्यवस्तुमा प्रतिकिलोमा १ रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म छुट दिने निर्णय गरिसकेको छ । खसी र च्याङ्ग्रा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नूनमा प्रतिकिलोमा २ रुपैयाँ छुट पाइनेछ भने चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छ । यस्तै तोरीको र सुर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाईनेछ । कम्पनीले १६ सय खसीबोका र १४ सय च्यांग्रा ल्याउने तयारी गरेको छ । खाद्यले काठमाडौँमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा यस्ता पसल सञ्चालनमा ल्याउने छ । साल्ट ट्रेडिङले भने कुन वस्तुमा कति छुट भन्ने निर्णय गरिसकेको छैन ।