असोज १ बाट देशैभर दशैँ लक्षित सहुलियत पसल

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।असोज १ गतेबाट ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ वटा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङले ३८ वटा त्यस्ता पसल सञ्चालन गर्ने छ । सहुलियतका पसलहरु असोज २४ गतेसम्म सञ्चालन हुनेछन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूले बिक्रि गर्ने सबै खाले खाद्यवस्तुमा प्रतिकिलोमा १ रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म छुट दिने निर्णय गरिसकेको छ । खसी र च्याङ्ग्रा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नूनमा प्रतिकिलोमा २ रुपैयाँ छुट पाइनेछ भने चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छ । यस्तै तोरीको र सुर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाईनेछ । कम्पनीले १६ सय खसीबोका र १४ सय च्यांग्रा ल्याउने तयारी गरेको छ । खाद्यले काठमाडौँमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा यस्ता पसल सञ्चालनमा ल्याउने छ । साल्ट ट्रेडिङले भने कुन वस्तुमा कति छुट भन्ने निर्णय गरिसकेको छैन ।

सम्बन्धित सामग्री

आजदेखि सहुलियत पसल सुरू

काठमाडौं । दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आज शनिबारदेखि सञ्चालनमा आएका छन् । शनिबारदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ […]

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन

काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार […]

४१ जिल्लामा १ असोजदेखि सहुलियत पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा १ असोजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी कम्पनीले उपभोक्तलाई सहज र सहुलियत दर उपभोग्य...

असोज १ देखि दसैँ सहुलियत पसल, कुन सामानमा कति छुट ?

दसैँका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चार ठाउँहरू रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदि

दसैँमा खुल्दैछन् सहुलियत पसल

काठमाडौँ- असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा दसैँका लागि सहुलियत पसल सञ्चालन हुने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको हो। कम्पनीका अनुसार चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यान्नमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट […]

सरकारले दशैँतिहारमा सहुलियत पसल सञ्चालन गर्ने, के–के किन्दा पाइन्छ छुट ?

सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।  मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । विभिन्न ३९ स्थानहरूमा चामल मोटा/मसिनो प्रति केजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री वितरण गरिने जनाएको छ ।  यसैगरी विभिन्न स्थानहरूमा नुन प्रति केजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ छ...

दशैंतिहारका लागि सहुलियत पसल असोज १ देखि

काठमाडौं  : सरकारले दशैंतिहार लक्षित सहुलियत पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार बैठक बसी पसल सञ्चालनको निर्णय गरेको जनाएको छ। दशै, तिहार र छठ लक्षित गरी सञ्चालन गरिने सहुलियत पसल देशका ३९ ठाउँमा सञ्चालन गरिने छ। जसमा प्रतिकेजी चामलमा ५ रुपैयाँ र प्रतिकेजी सिमी फापरमा १० रुपैयाँ छुटमा बिक्री गरिने छ। त्यस्तै देशका विभिन्न ठाउँमा प्रतिकेजी नूनमा २ रूपैयाँ, प्रतिकेजी चिनीमा ५ रूपैयाँ, खसीबोकामा प्रतिकेजी १