दशैंको मासु : उपभोगमा सावधानी नअपनाए विषालु !

दशैंको एउटा विशेषता मीठो खाने, राम्रो लगाउने हो । दशैंका बेला  खानेकुरामा नछुट्ने (शाकाहारी परिवार बाहेक) परिकार हो मासु । हुन त मासु खान दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपि देशैंमा मासुले बढी महŒव पाउने गरेको छ । दशैंमा खसीको मासु सबैभन्दा बढी उपभोग हुने गरेको छ । त्यसबाहेक जाति, समुदाय र प्रचलन अनुसार नेपालीको भान्छामा रागा, च्यांग्रा, कुखुरा, हाँस, माछा लगायतको मासु समेत पाक्ने गर्छ । यस्तै विदेशबाट आयातित सामुद्रिक खाना पनि हाम्रो भान्सासम्म पुग्छ । मासुमा विशेषगरी प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोट्रिन हाम्रो शरीरलाई आवश्यक एउटा महत्त्वपूर्ण पोषक तत्त्व हो । तर, त्यसको सही आपूर्तिका लागि कति खाने, कसरी खाने भन्ने थाहा हुनुपर्छ । अन्यथा जथाभावी रूपमा उपभोग गर्दा मासु नै रोगको स्रोत बन्न सक्छ । दशैंमा देवीलाई पशुबलि दिने र प्रसादको रूपमा मासु खाने चलन छ । यस्तै बजारबाटै किनेर पनि मासु ल्याइन्छ । आफन्त आउँदा प्रायः मासुकै परिकार खुवाइन्छ । आफू शाकाहारी भए मासुको प्रसंगै भएन, अन्यथा जसको घरमा गएको हो, उसको मन राखिदिन पनि केही मासु खाइन्छ । तर मात्रा र तरीका नमिलाई खाइएको मासुले स्वास्थ्यमा गडबडी हुन सक्ने भएकाले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । स्टार हस्पिटल, सानेपाकी पोषणविद् चन्द्रमाला अवस्थीका अनुसार एकै दिन धेरै ठाउँमा खानैपर्दा केही तरिका अपनाउन सकिन्छ । यस्तो अवस्थामा दिएका सबै परिकार खानुको सट्टा सलाद, फलफूलजस्ता हल्का खानेकुरा बढी खाने र मासु कम खाने गर्न सकिन्छ । चाडबाडका नाममा अनावश्यक खाना खाएकै कारण उच्च रक्तचाप, मधुमेह र मुटु रोगमा जटिलता बढ्ने गर्छ । यसैकारण यस्ता रोगीले नियमित तालिकाभित्र रहेर दशैं मनाउनुपर्ने पोषणविद् अवस्थी बताउँछिन् । रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलादे बढी सेवन गर्न उनी सुझाउँछिन् । पछिल्लो समय दशैं मनाउने चलनमा केही परिवर्तन आएको छ । विशेषगरी चिसो पेयपदार्थ तथा अन्य रेडिमेड परिकार बढी प्रयोग गरिन्छ । यस्ता खानेकुरा सकेसम्म खानै नहुने अवस्थी बताउँछिन् । उनका अनुसार यस्ता खानामा बढी चिल्लो, चिनी तथा नूनको मात्रा बढी हुन्छ, जसको अधिक उपभोगले स्वास्थ्यमा विभिन्न जटिल समस्या ल्याउन सक्छ । दशैंमा मासुको परिकार बनाउँदा पनि केही गलत चलन छाड्नुपर्ने पोषणविद्को सुझाव छ । विशेषगरी मासु किन्दादेखि पकाउँदा र खाँदासम्म विशेष ध्यान दिनुपर्छ । खसीको मासु ल्याउँदा सकेसम्म ताजा मात्र ल्याउने, मासुलाई बोसो निकालेर छुट्याउने र थोरै तेल राखेर पनि पकाउन सकिन्छ । मसला खासै हानिकारक नभएकाले यो आवश्यकता अनुसार राख्न सकिन्छ । दशैंका बेला मासु एकै दिन पकाएर हप्तौं फ्रिजमा राखेर खाने चलन छ । यो चलन पनि स्वास्थ्यका लागि राम्रो नभएको पोषणविद् अवस्थीको भनाइ छ । उनका अनुसार पक्कु बनाउँदा धेरै तेल मासुले सोस्ने र मासुमा पनि बोसो हुने भएकाले यसरी पकाएको मासुमा चिल्लो धेरै हुन्छ । यस्तै तताउँदै फ्रिजमा राख्दै गर्ने र धेरै दिनसम्म राखेर खानाले यसको पोषण तŒव पनि नष्ट हुन्छ । कसरी तयार गर्ने मासु ? मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने त्यस हतियारलाई पहिले राम्रोसँग सफा गर्नुपर्छ । मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ । थोरै समयमै मासु पकाउँदा भित्री भाग नपाकेको पनि हुन सक्छ । त्यसैले, मासु लामो समय दिएर पूरै पाक्नेगरी पकाइसकेर मात्र खानुपर्छ । मासुलाई खुला वा झिँगा भन्कने ठाउँमा राख्नु हुँदैन । मासु राख्दा अनिवार्य छोप्नुपर्छ । सकेसम्म लामो समयदेखिको मासु खानुहुँदैन । पाकिसकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट कीटाणु सर्ने सम्भावना प्रबल हुन्छ । आन्द्राभुँडी राम्रोसँग सफा गरिसकेपछि मात्र पकाउनुपर्छ । पानीको प्रयोग गरेर अनुभवीले मात्र पखाल्ने काम गर्नुपर्छ । यसरी मासु तयार पार्दा सम्भावित कैयौं स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । शाकाहारी हुनुहुन्छ भने... मासु खान मिल्दैन या शाकाहारी हुनुहुन्छ भने उत्तम विकल्प छन् । यस्तो शाकाहारी खानेकुरा स्वादमा मासुजस्तै लाग्छ । साथै मासुले भन्दा बढी फाइदा गर्नुका साथै ‘साइड इफेक्ट’ पनि हुँदैन । यसका लागि ‘भेज मिट प्रडक्ट’ उपभोग गर्न सकिन्छ, जसबाट प्रोटिन पाइन्छ र स्वास्थ्यवद्र्धक पनि हुन्छ । भेज मिट भटमासबाट बन्छ । यसको स्वाद मासुको जस्तै हुन्छ । चपाउँदा पनि मासु जस्तै लाग्छ । त्यस्तै, अन्य विकल्पमा दूधबाट बनेका पनिर र भटमासबाट बन्ने तोफु पनि प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

आलो मासु खानु राम्रो कि फ्रोजन गरिएको ?

मासु विश्वभरिका मानिसको लोकप्रिय खानामा पर्छ । पौष्टिक तत्व धेरै पाइने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि मासु लाभदायक हुने पोषणविद्हरु बताउँछन् । तर कतिपय अवस्थामा मासु काट्ने, भण्डारण गर्ने र पकाउने क्रममा त्यसमा रहेको पोषक तत्त्व नष्ट भइरहेको हुन्छ । यहाँ स्वस्थ मासु कसरी छनोट गर्ने, आलो मासु खानु राम्रो कि फ्रोजन गरेको ? भन्ने विषयमा […]

तम्घासका मासु पसल मापदण्डविपरीत, फ्रिजमा कुहिएको मासु

गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले

फोहाेर मासु बेच्ने तौलिहवाका २ मासु पसललाई कारबाही

तौलिहवाको हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिबाना गरिएको हो।...

भोजपुरका मासु पसलमा अस्वस्थ मासु, प्रशासनले गर्‍यो फ्रिज नै बरामद

९ भदौ, भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । ‘नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा […]

कसरी चिन्ने रातो र सेतो मासु ?

काठमाडौँ– दशैँमा प्रायः भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका बिभिन्न परिकार खाने गरिन्छ । अझ फूलपातीदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । तर दशैंमा कस्तो मासु खाने त ? यसबारे तपाईंलाई जानकारी छ ? चिकित्सकका अनुसार स्वास्थ्यकालागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । सेतो मासु भनेको पक्षींजन्य मासु हो । अझ युरिक […]

कसरी चिन्ने रातो र सेतो मासु ?

काठमाडौँ– दशैँमा प्रायः भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका बिभिन्न परिकार खाने गरिन्छ । अझ फूलपातीदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । तर दशैंमा कस्तो मासु खाने त ? यसबारे तपाईंलाई जानकारी छ ? चिकित्सकका अनुसार स्वास्थ्यकालागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । सेतो मासु भनेको पक्षींजन्य मासु हो । अझ युरिक […]

दशैंमा मासु कसरी र कति खाने ?

नेपालीहरुको माहान चाँड बडा दशैं तथा तिहारमा मासु बढी मात्रामा प्रयोग गर्ने गरिन्छ । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।

मासु भन्दा महँगो धनियाँ!

मासुमा धनियाँ अनिवार्य मानिन्छ। धनियाँ बिनाको मासु स्वादिष्ट त्यति हुँदैन। तर अहिले भान्सामा धनियाँ बिनाको मासु हुने अवस्था सिर्जना भएको छ।...

खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा चार जना पक्राउ

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने पक्राउ

खसीको मासु भनि बाख्राको मासु बेच्ने ४ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।