पूर्वोत्तर झापाको बाहुन डाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धान खेतीमा क्षति पुर्याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किँदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताए ।उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको धानखेत नष्ट गरेको हो । हात्तीले भर्खरै सारेको धानको रोपो सुँढले तानेर गुबो खाने गरेको छ । कहिले हुल बाँधेर र कहिले एक्लै आउने हात्तीले