काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्न तयार रहेको बताएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । यस बारे शनिबार आईसीसीका प्रतिनिधिले नेपाल माथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो । आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नु पर्ने सबै प्राबधान चरणबद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए । साथै सरकारी स्तरबाट पनि नेपाल...