पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्राधिकार भित्रै नभएको गौशाला धर्मशालामा बनाइएको भौतिक संरचनाहरु भत्काउन खोजेको भन्दै मारवाडी सेवा समिति नेपालले आपत्ति जनाएको छ । पशुपति क्षेत्र विकास कोषले सो धर्मशालामा अवैधानिक ढंगले बनाइएका भौतिक संरचना भत्काउन सुरु गरेपछि समितिले यस्तो आपत्ति जनाएको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्र भित्र नपरेको विषयमा हात हालेकाले ती भौतिक संरचनाहरु कुनै पनि हालतमा भत्क