अमेजन कम्पनीले १८ हजार कर्मचारीलाई जागिरबाट निकाल्ने

ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जस्सीले हिजो बुधवार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ति निकालेर विश्वभरको अनिश्चित अर्थव्यवस्थाका कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।कम्पनीले गएको नोभेम्बरमा १५ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । अवस्था झन् खराब हुँदै गएको भन्दै तीन हजार जना थपेर अब १८ हजार कर्मचारीलाई यसै महिनाभित्र हटाइने खबरमा उल्लेख छ ।...

सम्बन्धित सामग्री

टेक कम्पनीले कर्मचारी हटाउने क्रम रोकिएन

गत वर्ष सिलिकन भ्याली तथा अन्य क्षेत्रका प्रविधि स्टार्टअप कम्पनीले झन्डै १ लाख ५० हजार कर्मचारीलाई अवकाश दिएका थिए । यसरी अवकाश दिनेमा बाइजुज (१५ हजारभन्दा बढी), मेटा (११ हजारभन्दा बढी), ट्वीटर (३७ सयभन्दा बढी), अमेजन (१० हजारभन्दा बढी), माइक्रोसफ्ट, लिफ्ट, अल्फाबेट, टेस्ला, सपिफाइ, नेटफ्लिक्सलगायत दर्जनौं कम्पनी थिए ।

जेफ बेजोसलाई संसारकै धनी बनाउने त्यो ‘आइडिया’

जेफ बेजोस ई-कमर्स जायन्ट कम्पनी अमेजनका संस्थापक हुन् । अमेरिकी नागरिक बेजोसको पूरा नाम जेफ्री प्रेस्टोन बेजोस हो ।  यो सामग्री तयार पार्दासम्म  उनको रियल टाइम नेट वर्थ २०१ बिलियन अमेरिकी डलर छ । पछिल्लो तथ्याङ्क अनुसार बेजोस संसारकै सर्वाधिक धनी व्यक्ति हुन् । संसारकै सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनका मालिक उनको सम्पत्ति सन् २०१८ को तुलनामा ३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्याङ्क छ । सन् २०१८ को जुलाईमा बेजोसको सम्पत्ति १५० बिलियन डलर थियो । सोही वर्ष उनले 'आधुनिक ईतिहासको सर्वाधिक धनी व्यक्ति'को उपाधि पाएका थिए । अमेजन नामको ‍ई-कमर्स कम्पनी स्थापना गर्ने आइडिया भने डीई श एन्ड कम्पनीमा काम गर्दा फुरेको थियो ।व्यवसायका लागि जागिर छाडेकलेज लेभलको पढाई सकेपछि केही वर्ष बेजोस वाल स्ट्रिटस्थित विभिन्न कम्पनीमा जागिरेको रुपमा रहे । उनले सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्सको डिग्री पूरा गरेपछिका करिब ६ वर्ष जागिरे जीवन बिताए । अमेजन कम्पनी स्थापना गरेर व्यवसाय थाल्नुअघि उनले फिटेल, बैंकर ट्रस्ट, लगायत कम्पनीमा काम गर्थे ।जागिरकै सिलसिलामा सन् १९९० मा डीई श एन्ड कम्पनीमा काम सुरु गरे । बेजोस सो कम्पनीमा ४ वर्षभन्दा बढी टिकेनन् । कम्पनीमा आफ्नो करिअर निकै राम्रो भईरहेको बेला उनी कम्पनीबाट बाहिरिए । डीई श एन्ड कम्पनीमा काम गर्दा उनी सबैभन्दा कम उमेरमा उपाध्यक्ष भएका थिए । उक्त कम्पनीमा उनले पाएको जिम्मेवारीले अमेजन कम्पनी स्थापना गर्ने ‘आइडिया’ दियो । बेजोस डीई श एन्ड कम्पनीमा इन्टरनेटमार्फत हुने व्यवसायमा लगानीको लेखाजोखा गर्ने इन्चार्जको जिम्मेवारीमा थिए । त्यहाँ काम गर्दाका बखत इन्टरनेट प्रयोगकर्ताको संख्या एक वर्षमा दुई हजार गुणासम्म बढेको थाहा पाएपछि बेजोसले जागिर छोडेर आफ्नै कम्पनी सुरु गर्ने निर्णय लिए । अन्ततः त्यही अमेजन कम्पनीले उनलाई विश्‍वकै सर्वाधिक धनी व्यक्ति बनाइदियो ।जीवनमा उतारचढावजेफ बेजोसको जन्म सन् १९६४ जनवरी १२ मा भएको हो । उनी विश्वप्रसिद्ध प्रविधि उद्यमीमात्रै नभएर ई-कमर्सका 'पायोनियर' हुन् । बेजोस ज्याकलिन गिज जोगेनसन र टेड जोगेनसनका पुत्र हुन् । जेफ ४ वर्षको हुँदा उनकी आमा ज्याकलिनले अमेरिकी व्यापारी मिगेल बेजोससँग दोस्रो विवाह गरिन् । क्युबाली मूलका व्यापारीसँग आमाको विवाह भएपछि मिगेलले जेफलाई कानूनीरुपमै आफ्नो सन्तान बनाए । मिगेल बेजोस फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युबामा भएको विद्रोहका कारण अमेरिका बसाइँ सरेका थिए । उनले कानूनीरुपमा आफ्नो सन्तान बनाएपछि जेफको थरपनि बेजोस भयो । उनका बाबु टेड जोगेनसनसँग भने कानूनी नाता तोडियो । यसप्रकार जेफ्री प्रेस्टोन जोगेनसनबाट उनी जेफ्री प्रेस्टोन बेजोस बन्‍न पुगे । कालान्तरमा व्यावसायिक सफलता हासिल गर्दै गएपछि उनै जेफ्रीलाई संसारले जेफ बेजोसको रुपमा चिन्यो ।चार सन्तानका बाबु जेफ बेजोसको २५ वर्षको वैवाहिक जीवन सन् २०१९ मा टुङ्गियो । बेजोस र उनकी पत्‍नी मेकेन्जीबीचको सम्बन्धविच्छेदलाई संसारकै महङ्गो सम्बन्ध विच्छेदका रुपमा लिइन्छ । सम्बन्ध विच्छेदसँगै उनले आफ्नो नाममा भएको अमेजनको सेयरको एक चौथाई हिस्सा पूर्वपत्‍नीलाई हस्तान्तरण गरेका थिए ।व्यवसायिक सफलता र प्रसिद्धिई-कमर्स जायन्ट कम्पनी अमेजन सन् १९९५ मा स्थापना भयो । जेफ बेजोसले आफ्नो कम्पनीको नाम दक्षिण अमेरिकी महादेशमा बग्ने संसारकै ठूलो नदीको नामबाट लिए ।जागिर छोडेर नयाँ सोचका साथ व्यवसायमा होमिएका बेजोसको व्यवसाय पृथ्वीमा मात्रै सिमित छैन । उनको व्यवसायको क्षेत्र अन्तरिक्षसम्म पुगिसकेको छ । ब्लु ओरिजिन नामको स्पेस फ्लाइट कम्पनी पनि बेजोसकै नाममा छ । त्यससँगै उनी विश्वप्रसिद्ध पत्रिका द वासिङ्टन पोस्ट, बेजोस एक्सपिडिसन नामक भेन्चर क्यापिटल, डे वान फन्ड आदि संस्थाको सञ्चालकको रुपमा सक्रिय छन् । कोरोना भाईरसको महामारी सुरु भएयता बेजोसको सम्पत्तिमा २४ बिलियन डलरले बढोत्तरी भएको छ । सन् २०२० मा मात्रै उनको सम्पत्ति ३८ प्रतिशतले वृद्धि भएको हो । सन् २०२० को अप्रिलमा बेजोसले फिड अमेरिका नामक गैरनाफामूलक संस्थालाई १०० मिलियन अमेरिकी डलर सहयोग दिने घोषणा गरेका छन् । बेजोसको कम्पनी ब्लु ओरिजिनले कमर्सियल युजका लागि रकेटको विकास गरिरहेको छ । उनले नेतृत्व गरेका कम्पनीमा कामदारको ज्याला अमेरिकी सरकारले तोकेको औसत ज्यालादर भन्दा झन्डै दोब्बर र वाल स्ट्रिटका अन्य कम्पनीको तुलनामा निकै बढी छ । अमेजन कम्पनीको स्थापना कालदेखि नै कार्यकारी अध्यक्ष र सीईओको जिम्मेवारी लिएका बेजोसले गत जुलाई ५ तारिखदेखि सीईओ पद छाडेका छन् । यतिखेर अमेजन कम्पनीको सीईओ पदमा एन्डी ज्यास्सी कार्यरत छन् । सीईओ पद छाड्ने घोषणासँगै बेजोसले आफ्ना सहकर्मी र कर्मचारीलाई लेखेको ईमेलमा भनेका छन्, 'जिम्मेवारी हस्तान्तरणले मलाई डे वान फन्ड, बेजोस अर्थ फन्ड, ब्लु ओरिजिन, द वासिङ्टन पोस्ट र अरु सौख पूरा गर्ने 'समय र उर्जा' दिनेछ ।'

अमेजनले सन् २०२२ अगाडि कर्मचारीलाई अफिसमा नबोलाउने

काठमाडौं । कोभिड फैलने क्रम नरोकिएको भन्दै अमेजन कम्पनीले आफ्ना अमेरिकी कर्मचारीलाई सन् २०२२ अगाडि कार्यालय नफर्कन निर्देशन दिएको छ । अनलाइन सपिङमा विश्वचर्चित यो कम्पनीले यसअघि ७ सेप्टेम्बरसम्म कर्मचारीलाई कार्यालय नफर्कन भनेको थियो । तर, यो अवधि लम्बाएर ३ जनवरी २०२२ सम्म पुर्‍याइएको छ । पछिल्ला केही महीनामा अमेरिकामा कोभिड-१९ संक्रमण व्यापकरुपमा फैलिएपछि अमेजनले […]

अमेजनले कर्मचारीलाई प्रोत्साहन गर्न ५० अर्ब ६० करोड बोनस बाँड्दै

इ–कमर्श जायन्ट अमेजन कम्पनीले आफ्ना कर्मचारीलाई ५०० मिलियन (करिब ५० अर्ब ६० करोड रुपैयाँ) बोनस बाँड्ने घोषणा गरेको छ। जुन महिनासम्म अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीलाई अमेजनले यस्तो बोनसको व्यवस्था गरेको हो। कम्पनीले यसअघि नै प्रतिघण्टा २ डलरका दरले पारिश्रमिक वृद्धि गरेको थियो भने अतिरिक्त समय काम गर्नेलाई दोब्बर र...