अमेजनले सन् २०२२ अगाडि कर्मचारीलाई अफिसमा नबोलाउने

काठमाडौं । कोभिड फैलने क्रम नरोकिएको भन्दै अमेजन कम्पनीले आफ्ना अमेरिकी कर्मचारीलाई सन् २०२२ अगाडि कार्यालय नफर्कन निर्देशन दिएको छ । अनलाइन सपिङमा विश्वचर्चित यो कम्पनीले यसअघि ७ सेप्टेम्बरसम्म कर्मचारीलाई कार्यालय नफर्कन भनेको थियो । तर, यो अवधि लम्बाएर ३ जनवरी २०२२ सम्म पुर्‍याइएको छ । पछिल्ला केही महीनामा अमेरिकामा कोभिड-१९ संक्रमण व्यापकरुपमा फैलिएपछि अमेजनले […]

सम्बन्धित सामग्री

एयर इन्डियाका कर्मचारीको हडताल समाप्त, २० कर्मचारीलाई पुनः काममा फर्काइयो

उडान तालिकामा दुई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको छ । ऋणमा डुबेपछि उक्त एयरलाइन्सलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले एयरलाइन्सको स्वामित्व आफूले लिएको थियो । मिडिया रिपोर्टका अनुसार टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नती जस्ता विषयमा नयाँ नीतिहरु सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध […]

प्रविधि कम्पनी टेनसेन्टले बर्खास्त गर्‍यो १२० कर्मचारी

बेइजिङ- चिनियाँ प्रविधि कम्पनी टेनसेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय एप विच्याटको लगानीकर्ता पनि हो । टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका […]

बंगलादेशबाट आउने पर्यटक आगमनमा सुधार: एउटै कम्पनीका ७०० कर्मचारी नेपालमा

काठमाडौं। बंगलादेशबाट नेपालमा आउने पर्यटकको संख्यामा सुधार भएसँगै सामूहिक रूपमा आउनेहरू पनि बढेका छन् । शुक्रवार बंगलादेशबाट ७०० जना पर्यटक नेपाल आएका हुन् । बंगलादेशको एकेआइजे गू्रपबाट उक्त संख्याका कर्मचारी नेपालमा आएका हुन् । सम्राट टुर्स एण्ड ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले यसपटक उक्त संख्यामा कर्मचारीलाई ल्याएकोमा आगामी ५ वर्षभित्र सबै कर्मचारीलाई नेपालमा भ्रमण गराउने लक्ष्य राखिएको बताए । बंगलादेशको उक्त कम्पनीमा २ लाख कर्मचारी कार्यरत रहेको भन्दै उनले भने, ‘त्यहाँका कर्मचारी पहिला विशेषगरी भारत, दुबई र थाइल्याण्डका गन्तव्यमा जाने गरेका थिए । यसपटक भने हाम्रो प्रयासपछि उनीहरूले नेपाल रोजेका हुन् ।’ सम्राट टुर्स र ढाकास्थित माउन्टेन्ट क्लबको सहकार्यमा ती कर्मचारी नेपाल ल्याइएको उनले बताए । उनीहरू ५ दिन नेपालमा बस्ने बताइएको छ । अहिले काठमाडौंकै होटेलमा बसेका उनीहरू ‘माइस टुरिष्ट’को रूपमा आएका हुन् । कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित आएको उक्त टोलीले विभिन्न सत्रमा छलफल, बैठक गर्ने पाण्डेको भनाइ छ । उनका अनुसार उनीहरूले काठमाडौं र ललितपुरका विभिन्न पर्यटकीय स्थलको भ्रमण समेत गर्नेछन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जुलाईसम्ममा बंगलादेशबाट १६ हजार ३१८ पर्यटक नेपाल आएका छन् । सन् २०२२ देखि नै नेपालमा आउने बंगलादेशी पर्यटकको संख्या बढेको छ । सन् २०२२ मा २५ हजार ३८३ बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘नेपाल पर्यटन तथ्यांक–२०२२’ अनुसार कोभिडपछि बंगलादेशबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको छ । सन् २०२१ मा उक्त देशबाट ५ हजार ४४ पर्यटक आएका थिए ।

प्रविधि उद्योगमा पनि देखियो एआईको असर, यही वर्ष २ लाखभन्दा बढीको गुम्यो जागिर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)ले जागिर खोस्छ भन्ने चिन्ता सबैमा छ । यसकै कारण कतिले जागिर पनि गुमाएका छन् । एआईको यो असर प्रविधि उद्योगमा देखिँदैन भन्ने आशा गरिएको थियो । तर, यसले आफ्नै सृजना गरेको उद्योगलाई पनि छोडेन । प्रविधि उद्योगमा एआईका कारण धमाधम कर्मचारी कटौती भइरहेका छन् । साना प्रविधि कम्पनीहरूले कर्मचारी कटौतीको कारण एआईलाई देखाइरहेका छन् । नयाँ कर्मचारी भर्नाबारे पनि कम्पनीहरूले पुनःविचार गर्न थालेका छन् । दुःखको कुरा के छ भने यस्ता कम्पनीहरूको संख्या बढिरहेको छ । सिलिकन भ्यालीमा आफ्नै घरआँगनमा विकास भएका उन्नत प्रविधिको प्रयोग व्यापक बन्दै गइरहेको छ । एआई रणनीतिको प्रयोग कस्ता हुन्छ भनेर हेर्न कम्पनीहरूले कर्मचारीहरू धमाधम निकाल्न थालेका छन् । आगामी वर्षमा एआईलाई काम लगाउन सकिने खालका काममा नयाँ कर्मचारी भर्ना रोक्ने आईबीएमका सीईओ अर्बिन्द कृष्णाले मेमा ब्लुमबर्गसँगको अन्तरवार्तामा भनेका थिए । अप्रिलको अन्त्यमा फाइल स्टोरेज सेवा प्रदायक ड्रपबक्सले पनि कार्यबलको १६ प्रतिशत अर्थात् करीब ५०० कर्मचारीलाई कामबाट निकाल्ने बताएका थिए । हालै आउटप्लेसमेन्ट कम्पनी च्यालेन्जर, ग्रे एन्ड क्रिसमसले झन्डै ४ हजार कर्मचारी कटौती गरेको थियो । यसको कारण एआई नै थिए । सिलिकन भ्यालीले एआई विकासमा अग्रणी भूमिका त खेलिरहेको छ नै यसको प्रभाव कस्तो हुन्छ, व्यवसायहरूले यसलाई कसरी अपनाउन सक्छन् भन्नेबारे उदाहरण पनि दिइरहेको छ । विगत केही महीनाभित्र एआईले विश्वमा धेरै जागिर खाइसकेको छ । तर, अहिले नै एआईले मानवीय कार्यबललाई पूरै विस्थापित गर्दैन । तर, विस्तार विस्तारै एआई टूल चलाउन जान्नेबाहेक अरुको काम खोसिने देखिन्छ । सन् २०२३ को आधा अवधिमा प्रविधि उद्योगबाट २ लाख १२ हजार २९४ ले जागिर गुमाएको Layoffs.fyi को तथ्यांकले देखाएको छ । यो अघिल्लो वर्षको भन्दा निकै धेरै हो । सन् २०२२ मा यस क्षेत्रबाट १ लाख ६४ हजार ७०९ ओटा रोजगारी कटौती भएको थियो । प्रविधि उद्योगमा एकातिर एआईका कारण जागिर गुमिरहेको छ भने अर्कोतिर खर्च कम गर्न पनि कम्पनीहरूबीच कर्मचारी कटौतीको होड चलेको छ ।

कामको समयमा खुसुक्क अफिस बाहिर निस्केर चुरोट खानुहुन्छ ? फन्दामा परिएला है  !

ओसाका (जापान) । तपाई हामी काम चलिरहेको समयमा यसो ‘फ्रेश’ हुन भनेर चुरोट खान खुसुक्क बाहिर जान्छौं । कोही कोही त घन्टै पिच्छे चुरोट नखाइ बस्दै सक्दैनन् । यसका लागि डेस्क वा कार्यालय नै छाडेर बाहिर जानु पर्‍यो ? तपाई पनि यस्तै श्रेणीमा त पर्नु हुन्न ? जापानमा यसरी कार्य समयमा बारम्बार चुरोट सेवन गर्ने सरकारी कर्मचारी फन्दामा परेका छन् । जापानको ओसाका प्रिफेक्चरल सरकारका तीन जना कर्मचारीलाई प्रिफेक्चर सरकारले सजाय दिएको छ । कामै छाडेर चुरोट खाने गरेको थाहा पाएपछि वित्त विभागका तीन कर्मचारीहरुलाई आइन्दा त्यस्तो नगर्न सुपरिवेक्षकले चेतावनी दिएका थिए । तर चेतावनी पाएपछि पनि उनीहरुले त्यस्तो व्यवहार छाडेनन् ।  प्रिफेक्चरल सरकारको मानव संशाधन विभागका अनुसार सन् २०२२ को सेप्टेम्बरमा अज्ञात व्यक्तिले ती तीन जनाले चुरोट खाएरै समय बिताउने गरेको बताएका थिए । भविष्यमा यस्तो नगर्न सुपरिवेक्षकले डिसेम्बरमा तीनै जनालाई बोलाएर चेतावनी पनि दिए । तर कुकुरको पुच्छर ढुंग्रोमा राखेर कहाँ सिधा हुन्छ र ! चेतावनीपछि पनि उनीहरुले चुरोट खान छाडेनन् । के गर्दा रहेछन् भनेर एक दिन सुपरिवेक्षकले तीनै जनाको पिछा गर्दै जाँदा उनीहरुले फेरि चुरोट खाइरहेको देखे ।  अनि कार्यसमयमा चुरोट खाएको हो भनेर सोध्दा सबैले चेतावनी पाएपछि चुरोट खाएकै छैन भनेर झुठो बोले । तीन जनालाई ६ महीनाको तलबबाट १०/ १० प्रतिशतले तलब घटाइएको छ । तीन जनामध्ये एक जना ६१ वर्षका कर्मचारीले साढे १४ वर्षको अवधिमा कामकै समयमा ४ हजार ५१२ पटक चुरोट खाएको पुष्टि भएको छ । यसरी चुरोट खान १४ वर्षको अवधिसम्म कुल ३५५ घण्टा १९ मिनेट खर्च गरेको रहेछन् । उनलाई चुरोटमा खर्चिएको समय बराबरको हुन आउने कार्य समय बापतको १४ लाख ४० हजार येन (११ हजार डलर) पैसा फिर्ता गर्न आदेश पनि दिइएको छ । प्रिफेक्चरल सरकारले मार्च २० मा सो सजाय सुनाएको हो । तपाई पनि कामको समयमा यसैगरी फुत्त फुत्त बाहिर त जानु हुन्न ? कार्यालय भित्रै बसेर चुरोट खाइरहनु हुन्छ ? फन्दामा परिएला है ! एजेन्सी

फेसबुकको मातृ कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने

फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ । गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ ।मेटाले अहिले रिक्त रहेका पाँच हजार दरबन्दी पनि तत्काल पूर्ति नगर्ने बताएको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ ।प्रमुख कार्यकारी जुकरबर्गले अमे...

फेसबुकको माउ कम्पनी मेटाले फेरि १० हजार कर्मचारी कटौती गर्ने

१ चैत, काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ५ महिना भित्रमा कर्मचारी कटौती गर्न लागेको यो दोस्रो पटक हो । गत नोभेम्बरमा उसले ११ हजार कर्मचारीलाई कामबाट निकालेको थियो । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी […]

सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्यो पहिलो बजेट

तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन् । सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी  (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो ।सम्पूर्ण  खर्च सरकारी संस्थाहरूबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए । त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए ।अफगानिस्तानको कूल ग्