गत वर्ष सिलिकन भ्याली तथा अन्य क्षेत्रका प्रविधि स्टार्टअप कम्पनीले झन्डै १ लाख ५० हजार कर्मचारीलाई अवकाश दिएका थिए । यसरी अवकाश दिनेमा बाइजुज (१५ हजारभन्दा बढी), मेटा (११ हजारभन्दा बढी), ट्वीटर (३७ सयभन्दा बढी), अमेजन (१० हजारभन्दा बढी), माइक्रोसफ्ट, लिफ्ट, अल्फाबेट, टेस्ला, सपिफाइ, नेटफ्लिक्सलगायत दर्जनौं कम्पनी थिए ।