वाग्मती प्रदेशमा शीतभण्डारका लागि सम्झौता विपरीत थप ३ करोड ८५ लाख रुपैयाँ भुक्तानी

मकवानपुर - वाग्मती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा सम्झौता विपरीत थप ३ करोड ८५ लाख ११ हजार रुपैयाँ रकम भुक्तानी दिएको पाइएको छ । शीतभण्डार निर्माण गर्दा ७० प्रतिशत कृषि मन्त्रालयले बेहोर्ने र ३० प्रतिशत सहकारी संस्थाले बेहोर्ने भनिए पनि तत्कालीन सचिव डा. योगेन्द्रकुमार कार्की र योजना महाशाखाका प्रमुख डा. शरणकुमार पाण्डेले सरकारलाई थप भार पर्ने गरी ३ करोड ८५ लाख ११ हजार रुपैयाँ थप रकम भुक्तानी गरेको मन्त्रालयका एक कर्मचारीले बताएका छन् । प्रदेश सरकार ...

सम्बन्धित सामग्री

पञ्चपुरीका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर […]

किसानसित कृषि अनुदानमा कर्मचारीको मोलमोलाइ

जिल्लाको मुसिकोट नगरपालिका–६ मालारानीको सालिमे मौरीपालन समूहलाई स्मार्ट कृषि कार्यक्रमअन्तर्गत गत वर्ष ७ लाख रुपैयाँ बजेट पर्‍यो । कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेर समूहले तोकिएको काम पूरा गर्‍यो । उक्त समूहले गत वर्ष विनियोजित रकमको भुक्तानी भने अहिलेसम्म पाएको छैन । ‘हामीले सम्झौताअनुसारको रकम अझै पाएका छैनौं,’ समूहका अध्यक्ष चुमा गुरुङले गुनासो पोखे, ‘ऋणको भारी बोकेर बस्नुपरिरहेको छ ।’

ब्रोडब्यान्ड परियोजनाका लागि सवा पाँच अर्ब भुक्तानी

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायक कम्पनीहरु लाई करिब सवा ५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । प्राधिकरणका अनुसार ब्रोडब्यान्ड परियोजनाका निमित्त कूल ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको सम्झौता भएकोमा ५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।प्राधिकरण प्रवक्ता सन्तोष पौडेलका अनुसार ब्रोडब्यान्ड परियोजनामा हालसम्म भएको कामको […]

कामै नगर्ने ठेकेदारलाई ९० लाख भुक्तानी

पर्साको धोबिनी गाउँपालिका कार्यालयले समयमै काम नगर्ने एक निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐनविपरीत ९० लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ । गाउँपालिका कार्यालयले धोबिनी–२ भिखमपुरमा १० करोड रुपैयाँ लागतमा १५ शय्याको अस्पताल निर्माणका लागि बुद्ध/ड्रेगन/बस्नेत जेभी बानेश्वर, काठमाडौंसँग २०७८ जेठ १७ मा सम्झौता गरेको थियो ।

प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केही फर्मको क्रियाकलापका कारण योजना प्रभावित भएको मन्त्रालयका कर्मचारी बताउँछन् । आर्थिक वर्ष २०७५ ७६ मा

अख्तियारद्वारा सव-इञ्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इञ्जिनीयर दिपेन्द्र कुमार केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारको टोलिले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरा, काठमाडौंमा कार्यरत  सव-इञ्जिनीयर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीबाट २ लाख रुपैयाँ घूस लिएको अवस्थमा पक्राउ गरेको थियो । सेवाग्राहीबाट घूस लिएको स-प्रमाण पुष्टि भएको भन्दै अख्तियारले बीगो बमोजिमको जरिबाना तथा कैद सजाय माग दावी लिई सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

११ वर्षपछि काँकडभिट्टा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

काठमाडौं । निर्माण सम्पन्न भएको ११ वर्षपछि नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत् ट्रान्स नेपाल फ्रेट सर्भिस प्रा. लि. लाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी दिइएको हो । सो कम्पनीले ५ वर्षको सञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ । उक्त बोलपत्र प्रक्रियामा ५ वटा