११ वर्षपछि काँकडभिट्टा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

काठमाडौं । निर्माण सम्पन्न भएको ११ वर्षपछि नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत् ट्रान्स नेपाल फ्रेट सर्भिस प्रा. लि. लाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी दिइएको हो । सो कम्पनीले ५ वर्षको सञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ । उक्त बोलपत्र प्रक्रियामा ५ वटा