पर्साको धोबिनी गाउँपालिका कार्यालयले समयमै काम नगर्ने एक निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐनविपरीत ९० लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ । गाउँपालिका कार्यालयले धोबिनी–२ भिखमपुरमा १० करोड रुपैयाँ लागतमा १५ शय्याको अस्पताल निर्माणका लागि बुद्ध/ड्रेगन/बस्नेत जेभी बानेश्वर, काठमाडौंसँग २०७८ जेठ १७ मा सम्झौता गरेको थियो ।