चैत १६, काठमाडौं । के.सी.एल अस्ट्यूट क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड भएको जानकारी गराएको हो ।
के.सी.एल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंकबिच गरिमा विकास बैंकले के.सी.एल अस्ट्यूटको शेयर लगानी/स्वामित्व खरीद गर्ने सम्बन्धी गत असार ४ गते समझदारी भएको थियो ।
के.सी.एल अस्ट्यूट क्यापिटलको साउन ८ गतेको विशेष साधारण सभा तथा कम्पनी रजिष्ट्रार कार्यालयको चैत ७ गतेको पत्र अनुसार साविकको के.सी.एल अस्ट्यूट क्यापिटलको नाममा रहेको सम्पूर्ण चल, अचल सम्पत्ति तथा तिर्नुपर्ने कर दायित्व परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी कम्पनीकाो नाम परिवर्तन भएको बताइएको छ ।