काठमाडौं। सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’सार्वजनिक गरेको छ।सोमवार एक कार्यक्रमबीच सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको हो। गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम हस्तान्तरण गरे।